ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै


admin
२४ मंसिर २०७५, सोमबार   ६ : २०   बजे

काठमाडौं,२४ मङसिर । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ ।

डब्लुएचओले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सन् २०१६ को तथ्याङ्कलाई विश्लेषण गर्दा सडक दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ । सन् २०१३ को तथ्याङ्कभन्दा यो सङ्ख्या एक लाखले बढी हो ।

डब्लुएचओका महानिर्देशक डा ट्रेडोस अधानोम गेब्रेएससले उक्त प्रतिवेदन सार्वजनिक गर्दै सडक दुर्घटना कम हुने उपाय अवलम्बन गर्न सबै साझेदार र सरकारलाई आह्वान गर्नुभएको छ ।

यस वर्षको प्रतिवेदनमा सन् २०१६ भरिमा भएका सडक दुर्घटनाका मृतकको सङ्ख्याका आधारमा अनुमान तयार पारिएको छ । नेपालमा सडक दुर्घटनामा मर्नेको सङ्ख्या चार हजार ६२२ रहेको अनुमान गरिएको छ । नेपालका लागि सडक दुर्घटनाबाट हुने मृत्युको दर १५.९ प्रतिएक लाख जनसङ्ख्या अनुमान गरिएको छ ।

बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तानमा यो दर नेपालभन्दा कम (१४ र १५ को बीचमा) रहेको छ । प्रतिवेदनअनुसार पश्चिम अफ्रिकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च (३५.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ भने दक्षिण एशियाली मुलुक माल्दिभ्समा यो दर सबैभन्दा कम (०.९ प्रतिएक लाख जनसङ्ख्या) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group