ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागारमा रहेका कैदीबन्दीमा छालाको समस्या


admin
२४ मंसिर २०७५, सोमबार   ६ : ३१   बजे

ललितपुर, २४ मङ्सिर । नख्खु कारागारमा रहेका धेरै कैदीबन्दीमा छालाको समस्या देखिएको छ ।
छालाको रोग चाँडो सर्ने भएकाले कैदीबन्दी यसबाट पीडित भइरहेको कारागारले बताएको छ ।

एउटै कोठामा धेरै जनासम्म बस्ने हुँदा रोग चाँडो फैलिएको कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका कैदीबन्दीमा दादलगायत छालाका समस्या बढी पाइएको छ ।”

कारागारको क्षमता वृद्धि र कारागारभित्रै मनोसामाजिक अस्पताल बन्दा यहाँ बिरामीको चाप बढेको हो । चार–पाँच महीना पहिलेसम्म आठ सयको हाराहारीमा कैदीबन्दी भएकामा अहिले यो सङ्ख्या एक हजारको हाराहारीमा छ । उहाँले भन्नुभयो, “यहाँको बसाइ जति सघन हुन्छ, सरुवा रोग उति चाँडो फैलन्छ ।”

कैदीबन्दीको सामान्य रोगको यहाँका स्वास्थ्यकर्मीले उपचार गर्ने र यहाँ सम्भव नभएको उपचार स्वास्थ्यकर्मीले सिफारिश गरेपछि वीर अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र, तिलगङ्गा आँखा अस्पताललगायत सरकारी अस्पतालबाट उपचार हुँदै आएको छ ।

कारागारमा आएपछि मानसिक रोगबाट पीडित भएकालाई उपचारका लागि बन्दै गरेको मनोसामाजिक अस्पतालका लागि कारागार व्यवस्था विभागले दरबन्दी छुट्याएको छ । कारागारमा मासिक रुपमा मनोरोग विशेषज्ञले जाँच गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu