ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारले न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा जोड


admin
२४ मंसिर २०७५, सोमबार   ८ : ०२   बजे

 

बनियानी, २४ मङ्सिर ।  झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् ।

न्यूनतम् पारिश्रमिक निर्धारण समितिले झापाको बिर्तामोडमा आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन र पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रियाका सहभागीहरुले त्यस्तो माग गरेका हुन् । सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण गरेर २०७५ कात्तिक १ गतेदेखि लागू गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

समितिका अध्यक्ष गङ्गाधर पराजुलीले अन्य श्रम क्षेत्रमा पारिश्रमिक वृद्धि भए पनि सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारको पारिश्रमिक वृद्धि हुन नसक्नु विडम्बनापूर्ण रहेको बताउनुभयो । “सरकारले ऐन निर्माण गरेको छ”, उहाँले भन्नुभयो, “ऐन कार्यान्वयनमा आउन सकेको छैन, ढिलो चाँडो भए पनि कार्यान्वयनमा आउँछ ।”

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक कार्यान्वयनमा महासङ्घ कठोर रुपमा अघि बढ्ने बताउनुभयो ।

“सञ्चार संस्थालाई बलियो बनाउन पनि महासङ्घले समानुपातिक विज्ञापन प्रणालीका लागि पहल गरिरहेको छ”, उहाँले भन्नुभयो, “हामी पत्रकारलाई तलब दिनुपर्छ भन्ने मात्र होइन, सञ्चार उद्यमीको पक्षमा पनि आवाज उठाउँछौँ ।”

महासङ्घका कोषाध्यक्ष राजेश मिश्रले सञ्चार संस्थाले न्यूनतम् पारिश्रमिक नदिएको भए उजुरी गर्न आग्रह गर्नुभयो । समितिका सदस्य विवेक गौतम, महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल (शुलभ), महासङ्घ झापा शाखा अध्यक्ष तारामणि सापकोटा लगायतले सो अवसरमा मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group