सुनसरी,२५ मङसिर । सुनसरीको इटहरी स्थित एक उद्योगमा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका १० मा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको हो । उद्योगको मुख्य गोदामबाट आगो लागेको बताईएको छ ।
इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइदै छ । नेपाली सेना, शशस्त्र प्रहरी , दंगा प्रहरी जनपथ प्रहरी र स्थानीयवासी आगलागि नियन्त्रणमा जुटेका छन ।
आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिनुभयो । अहिले आगो नियन्त्रणमा आईसकेको र आगलागिको क्षतिको विवरण संकलन सुरु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्