ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुद्दाको फैसला नहुँदा हुलाकी सडकको काममा अवरोध


admin
२५ मंसिर २०७५, मंगलबार   ११ : ५५   बजे

 लहान, २५ मङ्सिर । लामो समयसम्म मुद्दाको फैसला नहुँदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ ।

उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ (क) मा निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने धर्मेन्द्र साहले २०७४ माघमा उच्च अदालत जनकपुर इजलास राजविराजमा दायर गरेको रिटमा अन्तिम फैसला नहुँदा सडक निर्माणमा अवरोध सिर्जना भएको हो ।

रिट दायर भएपछि अदालतले तत्काल त्यस स्थानमा सडक निर्माण काम नगर्न अन्तरिम आदेश दिएका कारण अहिले त्यहाँ काम रोकिएको उक्त सडकखण्डका कन्ट्रयाक्टर व्यवस्थापक बिनोद गौतमले जानकारी दिनुभयो ।

अदालतमा विचाराधीन मुद्दा चाँडै फैसला भएमा आउँदो चैतभित्र काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको पनि उहाँले बताउनुभयो ।

विसं २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ फागुनभित्रै काम सकिने गरी तीव्ररूपमा सडक निर्माणको काम भइरहेको छ । अदालतमा परेको रिटमा फैसला नआउँदा निर्माणकार्यमा समस्या भइरहेको उहाँको भनाइ छ ।

गत मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकको काम ५५ प्रतिशत सकिएको छ, व्यवस्थापक गौतमले भन्नुभयो, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसकेको छ, अहिले एक हजार ४०० मिटर दाँयाबाँया फुटपातसँगै नाला निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।” ती काम सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

डिवा निर्माण प्रालि काठमाडौँले १७ दशमलव २८ किलोमिटर लामो (बजार क्षेत्रमा ११ र बजार बाहिर सात मिटर चौडाइ) कालोपत्रे गर्ने उक्त सडकखण्ड रु ५८ करोड तीन लाख ९७ हजारमा निर्माण ठेक्का लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group