ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँ- बस्तीमा वन्यजन्तुबाट खेती जोगाउन मुस्किल


admin
२५ मंसिर २०७५, मंगलबार   १२ : ०७   बजे

कावसोती, २५ मङ्सिर । मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट खेती जोगाउन मुस्किल हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नवलपरासीको मध्यवर्ती नजिकका बस्तीमा दिनहुँजसो वन क्षेत्रबाट आउने वन्यजन्तुले अन्नबाली खाने र कुल्चेर नष्ट गर्ने गरेका कारण यस क्षेत्रका बासिन्दा चिन्तित बनेका हुन् ।

“जङ्गली जनावरका लागि खेती लगाए जस्तो भएको छ, कहिल्यै कुनै पनि खेती पाकेर पूरै भित्र्याउन पाइँदैन”, मध्यविन्दु–३, का विष्णु रानाभाटले भन्नुभयो, “मध्यवर्ती छेउमा बस्ने हामी, न लगाएको खेती सकुशल भित्र्याउन पाउँछौँ, न ज्याननै सुरक्षित छ ।”

जङ्गलबाट आउने गैँडा, चित्तल, बँदेल लगायत जनावरले लगाएको बाली खाइदिने, माडिदिने गरेका कारण समस्या भएको कावासोती गैरीका स्थानीय सोमप्रसाद गुरुङले बताउनुभयो । वर्षभरि लगाउने प्रत्येक खेतीबालीमा जङ्गली जनावरले नोक्सान पु¥याउने गरेको उहाँले बताउनुभयो ।

“अहिले मसुरो छ ,रातभरि मृगको बथान आउँछ, सबै खाएर, टेकेर सखाप छ”, हातले आफूले लगाएको मसुरो बालीतर्फ देखाउँदै गुरुङले भन्नुभयो, “वर्षभरि, मकै, धान, गहुँ जे लगाए पनि सखापै पार्छ ।”

जङ्गली जनावरले खेतीबाली खाने मात्र समस्या नभएर कहाँ कतिबेला आफूलाई नै आक्रमण गर्ने हो भन्ने चिन्तासमेत हुने गरेको गुरुङले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रमा जङ्गली जनावर रोक्न धेरैजसो क्षेत्रमा विद्युतीय झट्का र तारजाली लगाइएको भए पनि तारजाली नभएको स्थानबाट जङ्गली जनावर बस्तीतर्फ आउने गरेको उहाँको भनाइ छ ।

जङ्गली जनावरले बस्तीमा आएर स्थानीयलाई हानेर घाइतेसमेत बनाउने गरेको र कतिपयको ज्यानै जाने गरेको स्थानीयवासी बताउँछन् ।

सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा क्षतिपूर्तिका लागि पहल गरेपनि क्षतिपूर्ति पाउन नसकेको धेरैको गुनासो छ । “क्षतिपूर्ति पाइन्छ भनेर धायो, अहिलेसम्म केही पाइएको छैन गुरुङले भन्नुभयो, “क्षतिपूर्ति दिन्छु भनेको धेरै वर्ष भयो तर अहिलेसम्म कसैले केही पाएको छैन ।”

वन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपूर्ति पाउन निक्कै झन्झटिलो प्रक्रिया भएकाले समेत धेरैले क्षतिपूर्तिका लागि पहल नै गर्दैनन् ।

“जनावरले आफूहरूले वर्षभरि मौसमअनुसार लगाउने सबै बालीमा क्षति पु¥याइरहेको हुन्छ, कहिलेकाहीँ राति कुरेर, होहल्ला गरेर लखेटिन्छ, कुनबेला आएर खान्छ ठेगान हुँदैन”, स्थानीय थमप्रसाद चापागार्इंले भन्नुभयो, “खेतीबाली लगाएको बारी सबै रातभरि जङ्गली जनावर ओहोरदोहोर गर्ने ठाउँ बन्छ ।”

स्थानीयले आफूले लगाएको बाली जङ्गली जनावरबाट जोगाउन खेतमा विभिन्न प्लास्टिक तथा बोराका मावन आकृति बनाएर गाडने गरेका छन् ।

जनावरले मानिस रहेछ भनेर जनावर आउँदैन कि भनेर यस्तो बनाएर गाडेको चापागाईंले बताउनुभयो । स्थानीयले खेतीबाली जोगाउन गरेको यस्तो प्रयास सफल हुन सकेको छैन ।

वन्यजन्तुले बालीनालीमा धेरै क्षति पु¥याउन थालेपछि अहिले यहाँका स्थानीय तहले वार्षिकरूपमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणमा बजेट विनयोजन गरेर पक्की पर्खाल नै बनाउन थालेका छन् । स्थानीय तहले बजेट विनियोजन गरी मेसजाली सहितको पक्की पर्खाल निर्माणको काम गरिरहेका छन् । यसले वन्यजन्तु बस्तीमा आउनबाट रोक्ने विश्वास लिइएको छ ।

वन्यजन्तु प्रभावित क्षेत्रमा पर्ने कावासोती नगरपालिका–१२ का वडाध्यक्ष खेमप्रसाद काफ्लेले आफ्नो वडाको स्थानीयको माग भनेकै वन्यजन्तुबाट हुने क्षति रोक्नु रहेको बताउनुभयो ।

वन्यजन्तुका कारण खेतीबाली सहित ज्यानकै जोखिम बढेको भन्दै यसको नियन्त्रणको लागि स्थानीयवासीको माग हुने गरेको उहाँले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार वडा कार्यालयमार्फत मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आफ्नो क्षेत्र भित्रको वनसँगको सीमामा पक्की पर्खाल बनाउने कामसमेत थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group