ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज संविधान दिवस मनाईदै


admin
३ आश्विन २०७४, मंगलबार   १ : ११   बजे

 

काठमाडौँ, ३ असोज । नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ ।
सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनाका साथै रङ्गीबिरङ्गी बेलुन उडाइएको थियो । मुलुकमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीले ‘शान्तिका दूत’ परेवा उडाउनुभएको थियो ।

संविधानसभा मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउटबाट विशेष मार्च पास गरिएको थियो भने विभिन्न वेशभूषा झल्कने सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।

काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर थिमि र कीर्तिपुर नगरपालिका तथा जिल्ला समन्वय समिति भक्तपुरले विशेष सांस्कृतिक प्रस्तुति झाँकी प्रदर्शन गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्बाट उसु, तेकान्दो र मुवा फाइट तथा नेपाली सेनाको सांगीतिक समूहबाट नेपाली राष्ट्रिय गीतको धुन प्रस्तुत गरिएको थियो ।

मूल समारोहका अध्यक्ष तथा प्रधानमन्त्री देउवाको सम्बोधनपछि कार्यक्रम समापन भएको थियो । कावा प्रधानन्यायाधीश दीपकराज जोशी तथा मन्त्रिगण, सांसद्, कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, प्राध्यापक, खेलाडी, नागरिक समाज, उद्योग व्यवसायी र सुरक्षाकर्मीको पनि सो अवसरमा सहभागिता थियो ।

राष्ट्रिय एकतालाई अझ बलियो बनाइने छःप्रम

 प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ बलियो बनाइने बताउनुभएको छ ।

संविधान दिवस–२०७४ को मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका देउवाले संविधान कार्यान्वयन गरी मुलुकलाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गर्दै दिवसले सबैलाई एकताबद्ध भई समृद्ध राष्ट्र निर्माण गर्ने कार्यमा अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र केन्द्रको निर्वाचनको पनि मिति तोकिएको हुनाले तीनै तहको निर्वाचन सम्पन्न भएपछि संविधान कोसेढुंगा सावित हुने बताउनुभयो ।

सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र संवद्र्धनको बाटो फराकिलो पारेर विभिन्न जातिको विशिष्ट अवस्थालाई ध्यानमा राखी महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक र उत्पीडितको अधिकारलाई संरक्षण गर्न संविधान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले संविधानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुन पुगेको उल्लेख गर्दै बहुदलवादमा आधारित, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकालाई संविधानमा व्यवस्था गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group