ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएल : भैरहवा प्लेअफमा


एबीसी न्यूज
२६ मंसिर २०७५, बुधबार   २ : २३   बजे

काठमाडौँ, २६ मङ्सिर । भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा छ विकेट गुमाएर पुरा ग¥यो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए ।

यस्तै कप्तान शरद भेषावकरले १६, रवी इन्दर सिंहले १२, प्रदीप ऐरीले १० रन बनाए भने रोहित पौडेल सात रनमा नटआउट रहे । विराटनगरका भान डेर मेर्वीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९१ रन मात्र बनाएको थियो ।

विराटनगरका लागि भान डेर मेर्वीले २५, करण केसीले १८, सुमित महर्जनले १५ रन बनाएका थिए भने हरिबहादुर चौहान १३ रनमा नटआउट रहेका थिए । विराटनगरलाई ९१ रनमै समेट्ने क्रममा भैरहवाका लागि मोहमद नाभिदले चार विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले दुई/दुई विकेट लिए ।

विराटनगरविरुद्धको जीतसँगै भैरहवाले तीन खेलबाट छ, अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित बनाएको छ । अब भैरहवाले ललितपुर र काठमाडौँसँग खेल्न बाँकी छ । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो ।

दुई खेलमा चार अङ्क जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई पराजित गरेको थियो । सोही मैदानमा आज हुने दोस्रो खेलमा काठमाडौँ किङ्ग्स ११ र ललितपुर प्याट्रियसबीच खेल भइरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu