काठमाडौँ, २९ मङ्सिर । लामो समयपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज शनिबार दिउँसो १ बजे बस्दैछ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सुरु हुने बैठकमा पार्टीको तल्लो तह एकताको मापदण्ड र सरकारको कामकारबाहीका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको सात महिना बितिसक्दा पनि तल्लो तह, जनवर्गीय र भ्रातृ तथा शुभेच्छुक संस्थाको एकीकरण हुन सकेको छैन। गत जेठ ३ गते पार्टी एकता गरेको नेकपाले अहिलेसम्म प्रादेशिक समिति मात्र गठन गरेको छ।
आज बस्ने बैठकले एकता प्रक्रियाको विधि प्रक्रिया र मापदण्ड तय गर्नुका साथै यसअघि सचिवालय बैठकले गरेका निर्णयहरू अनुमोदन गर्ने नेकपाका एक नेताले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्