ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमुक्ति पार्टीको प्रदेश अधिवेशन सम्पन्न


admin
२९ मंसिर २०७५, शनिबार   ३ : २९   बजे

रुपन्देही, २९ मङ्सिर । २७ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ परिचालन समितिको अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।

पार्टीले आज बुटवलमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २२ र २३ गते बुटवलमा आयोजना गरेको अधिवेशनका निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जनमुक्ति पार्टीले जारी गरेको घोषणापत्र सार्वजनिक गर्दै महासचिब टोप अस्लामीले प्रदेश नं ५ को नाम लुम्बिनी–थरूहट–मगरात राख्न माग गरिएको बताउनुभयो ।

उहाँले मुलुकमा भ्रष्टाचारका कारण समस्या सिर्जना भएकाले भ्रष्टाचारीलाई देशद्रोह घोषणा गरी सर्वस्वहरणसहित जन्मकैदको सजाय माग गरेको जनाउनुभयो ।

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग कलकारखानाको विकास गरी लगानीको क्षेत्रमा सरकार, निजी व्यवसायीका साथै स्थानीय समुदायको एकतिहाइ हिस्सेदारी सुनिश्चित गर्न घोषणापत्रमा माग गरिएको छ ।

सबै जाति र लैङ्गिक प्रतिनिधित्व हुने गरी पाँच सदस्यीय राष्ट्रपतिमण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण सङ्घीयताको सुनिश्चित गर्न माग गरएिको छ ।

पार्टीले प्रदेशका ऐतिहासिकस्थल जीतगढी, आदिमानव रामापिथेकसको अवशेष भेटिएको बुटवलको चिडियाखोला क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आग्रह गरेको छ ।

बुटवलदेखि लुम्बिनी, तिलौराकोट, नुवाकोट, बल्ढेङगडी र तानसेन जोड्ने विद्युतीय केबलकार सञ्चालनका लागि पहल गर्न माग गर्दै विद्युतीय सौर्य ऊर्जामा आधारित यातायात सेवालाई पहिलो प्राथमिकता दिन पार्टीले घोषणापत्रमार्फत सरकारसँग माग गरेको छ ।

जल, जमीन, जङ्गल र खानीको उपयोग गर्दा स्थानीयवासीलाई अग्राधिकार दिन, कला संस्कृतिको संरक्षण गर्न, सरकारी र गैरसरकारी संस्थामा महिला सहभागिता ५० प्रतिशत सुनिश्चित गर्न, बेरोजगारलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न, उद्योग कलकारखाना, अस्पताल, शैक्षिक संस्था र पर्यटकीय क्षेत्रलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, सचिव बालकिशोर रानाले प्रदेशलाई समृद्ध बनाउन सबै जाति, भाषाभाषीलाई मिलाएर अगाडि लैजान आवश्यक रहेको बताउनुभयो । प्रदेश अधिवेशनले झमबहादुर गुरुङको अधयक्षतामा ४१ सदस्यीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group