ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने


admin
२९ मंसिर २०७५, शनिबार   ८ : ४७   बजे

सुर्खेत, २९ मङ्सिर । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको राजपत्र प्रदेशबाटै प्रकाशन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले विभिन्न कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।

प्रवक्ता केसीका अनुसार बैठकले कर्णाली उज्यालो र एकीकृत बस्ती विकास कार्यक्रम कार्यविधि, २०७५, हुम्लाको हिल्सामा एकीकृत भवन निर्माण कार्यविधि, २०७५, द्वन्द्वपीडित राहत वितरण कार्यविधि, २०७५ र कर्णाली प्रदेश योजना आयोग सञ्चालनसम्बन्धी प्रशासकीय कार्यविधि, २०७५ स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले कर्णाली प्रदेश सार्वजनिक खरीदसम्बन्धी निर्देशिका, २०७५ स्वीकृत र कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका, २०७५ संशोधन गरिएको पनि उहाँले बताउनुभयो ।

नेपाल सरकार समपूरक अनुदान र विशेष अनुदानका लागि योजना छनोटगरी सङ्घीय सरकारलाई पठाउने निर्णयसमेत बैठकले गरेको मन्त्री केसीले जानकारी दिनुभयो ।

बैठकले कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति गठनादेश, २०७५ स्वीकृत गरिएको पनि उहाँले बताउनुभयो । प्रदेश सरकारका लागि आवश्यकपर्ने पूर्वाधार निर्माण गर्न प्रदेशको राजधानीमा भएको सरकारी जग्गा तथा भवनलगायत सम्पूर्ण संरचना प्रदेश सरकारलाई हस्तान्तरणका निम्ति नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री केसीले जानकारी दिनुभयो ।

उच्चस्तरीय कार्यदल गठन 

कर्णाली प्रदेश सरकारका लागि आवश्यक जग्गाप्राप्ति तथा भवन व्यवस्थापनसम्बन्धी आठ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहोराको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून उपसचिव, सुर्खेत जिल्लाका जिल्ला समन्वय अधिकारी, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group