ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चार ग्रामलाई कला संस्कृति, सङ्गीत केन्द्रको रुपमा विकास गर्ने


admin
१ पुस २०७५, आइतबार   २ : ५०   बजे

विराटनगर, १ पुस । तारणीप्रसाद कोइराला सञ्चार ग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्बद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ ।

विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चार ग्रामका विषयमा रेडियो नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १ को प्रशारण एकाइ पनि रहने बताउनुभयो ।

सञ्चारकर्मीको तालीम, ध्वनि रेकर्डिङ जस्ता थुप्रै कार्य सञ्चालन हुने यस ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम सञ्चालन गर्नेछ । सञ्चार ग्रामका लागि विराटनगर महानगरपालिकाले छ कठ्ठा १८ धुर उपलब्ध गराएको जग्गामा चारतले स्टिलका अत्याधुनिक भवन निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

कूल रु १८ करोड २५ लाख ५२ हजारको लागतमा निर्माण हुन लागेको यो भवन आउँदो चैत महीनामा सम्पन्न गर्ने गरी रविना–जोशी जेभीले लिएको ठेक्का प्राविधिक कारणले केही दिन लम्बिने निर्माण व्यवसायी रमेशकुमार कार्कीले बताउनुभयो ।

भवनका लागि नेपाल सरकारले अहिलेसम्म रु १७ करोड उपलब्ध गराइसकेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहाल र विराटनगर महानगरपालिका–४ का वडा अध्यक्ष देवेन्द्र पोखरेलले अत्यन्त महत्व राख्ने यो भवनको वरपर हरियाली र सफा हुनुपर्छ भन्नुभयो ।

रेडियो नेपालका नायब कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बहुआयामिक यो भवनबाट सञ्चारकर्मी, प्रदेश सरकार, स्थानीयवासी र हरेक क्षेत्रका कलाकर्मी लाभान्वित हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group