ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुलाकी सडकको निर्माण एक वर्षदेखि ठप्प


admin
१ पुस २०७५, आइतबार   ४ : ४०   बजे

परासी, १ पुस। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पश्चिम नवलपरासीस्थित हुलाकी सडक निर्माण कार्य एक वर्षदेखि ठप्प छ । सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने करीब १३ किलोमिटरको सो हुलाकी मार्गलाई कालोपत्रे बनाउने गरी निर्माण थालिएकामा ठेकेदारको लापरवाहीका कारण काम अघि बढ्न सकेको छैन ।

ठेकेदारले नदीजन्य पदार्थ अभाव देखाउँदै निर्माण रोकेको छ । सडक निर्माणका लागि ४६ हजार ४२८ घनमिटर पदार्थको आवश्यकता रहेको भन्दै निर्माण कम्पनी द कञ्चनगङ्गा विरुवा शिवशक्ति कन्सट्रक्सनले नदीजन्य पदार्थको उत्खनन्को समय गुज्रिएपछि मात्रै निवेदन दिएर काम ठप्प पारेको छ ।

स्थानीयवासीले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै आएका छन् । ठेकेदारको मागबमोजिम बुटवलस्थित डिभिजन सडक कार्यालयले जिल्ला समन्वय समिति पश्चिम नवलपरासीलाई सो बराबरको नदीजन्य पदार्थको प्रबन्ध मिलाइदिन पत्राचार गरेको छ ।

जिसस प्रमुख शिवशङ्कर रायले खोलाबाट नदीजन्य पदार्थ उत्खनन÷सङ्कलन गर्ने समयमा ठेकेदारले बेवास्ता गरेको र सकिएपछि मात्र निवेदन दिएर उम्कन खोजेको भन्दै उहाँले भन्नुभयो, “अहिले सुनवलको पानभार खोलाको ठेक्का भइसकेको छ अब जिल्लाका अन्य खोलाको पनि ठेक्का लगाउने विषयमा जिल्ला अनुगमन समितिको बैठक बसेर निर्णय गर्दछौँ, पहिलो प्राथमिकतामा हुलाकी सडक नै हुनेछ ।”

प्रदेश सरकारले पनि तोकिएको अवधिभित्रै निर्माण सक्न कम्पनीलाई निर्देशन दिएको छ । नदीजन्य पदार्थको उत्खनन-सङ्कलन शुरु हुने वित्तिकै पहिलो प्राथमिकतामा सो आयोजनालाई सामग्री उपलब्ध गराउन सहजीकरण भइरहेको भन्दै प्रदेश नं ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले अहिले पनि आलटाल गरे आयोजनाको म्याद थप नहुने बताइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा निर्माण सम्पन्न नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थाल्छौँ ।”

विसं २०७३ फागुनमा सम्झौता भई निर्माण थालिएको सो सडकमा हालसम्म सडकको चौडा विस्तार गरी दायाँबाँया ढल र केही स्थानमा कल्भर्ट निमार्णका लागि खन्ने काम मात्र भएको छ, भने सडकमा माटो मात्र रहेकोले त्यहाँ आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीले धुलोधुवाँबाट सास्ती खेप्दै आएका छन् ।

रु २५ करोड १९ लाख ७० हजारको लागतमा निर्माणाधिन सो सडक २०७५ को फागुनसम्म निर्माण गरिनुसक्नुपर्ने अवधि ।

तर अहिलेसम्म १५ प्रतिशत काम पनि नभएको भन्दै स्थानीयवासी आक्रोसित भएका छन् । निर्माणाधीन अवस्थामा रहेको सो सडकमा खाल्डाखुल्डी धेरै छ । धुलोले ती खाल्डा ढाकिँदा दुर्घटना बढेको नेपाली काङ्ग्रेसका जिल्ला उपसभापतिसमेत रहेका स्थानीयवासी सुभास गिरीले बताउनुभयो ।

सो सडकको अवस्था धुलाम्मे भएका कारण पैदल यात्रुलाई निकै समस्या भएको छ । सडकको धुलो उडेर घरमा पस्दा लत्ता कपडा, खाना तथा श्वासप्रश्वासमा नै समस्या भोग्नुपरेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो ।

“बाटोमा उड्ने धुलोले स्थानीयवासी छालाको रोग, रुघाखोकी, आँखा पाक्ने तथा विभिन्न किसिमको रोगका शिकार बन्दै गएका छन्” उहाँले भन्नुभयो ।

सो सडकको छेउछाउ बस्दै आएका स्थानीयवासी वर्षायाम होस् वा हिउँदको समय सधैँ सास्ती भोग्दै आएका छन् । वर्षायाममा हिलोबाट सास्ती भोग्ने स्थानीयवासीले यो समयमा धुलोबाट हैरानी ब्यहोर्नुपरेको मनरीका सञ्जय मौर्यले दुःखेसो पोख्नुभयो ।

हुलाकी सडकको यस्तो दुर्दशाका कारण सदरमुकामबाट त्रिवेणीधाम जाने वा ग्रामीण क्षेत्रबाट सदरमुकाम आवातजावत गर्ने नागरिक पूर्व–पश्चिम राजमार्गको भूमही, बर्दघाट हुँदै लामो दूरीको मार्गबाट आउजाउ गर्ने गरेको जहदाका वसन्त पौडेलले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाको यस्तो अबिगत हुँदा पनि स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीयस्तरका नेताहरु गम्भीर नभएको भन्दै स्थानीयवासी चिन्तित देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group