तेह्रथुम,२ पुस। तेह्रथुमको म्याङ्लुङमा आजदेखि शुरु भएको भगिमान सिंह तुम्बाहाम्फे फुटबल कपको उद्घघाटन खेलमा संखुवासभाले विजयी सुरुवात गरेको छ ।
संखुवासभाले आयोजक बिटिएफसीलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।आयोजक बिटिएफसीका लागि खेलको ६ मिनेटमा सन्तोष लिम्बुले पहिलो गोल गरे । खेलको १६ औं मिनेटमा बिमल गुरुङ्गले दोस्रो गोल गरे ।
संखुवासभाका लागि जोयल जिमीले खेलको ४१ औं मिनेटमा पहिलो गोल गरेका छन । उनले खेलको ४८ औं मिनेटमा फेरी अर्को गोल गरे ।
त्यस्तै खेलको ७३ औं मिनेटमा दिपक चौहानले निर्णायक गोल गर्दै संखुवासभालाई जित दिलाउन सफल भएका छन ।आज देखि शुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले २ लाख १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्