ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन निर्देशन


admin
९ पुस २०७५, सोमबार   ३ : ३३   बजे

काठमाडौं,९ पुस । सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका घटना नियन्त्रण गर्न पहिलेदेखि नै प्रयास भएता पनि पछिल्लो समय झन बढ्दै गएकाले आफ्नो सक्रियता बढाउन आयोगलाई निर्देशन दिएको हो ।

समिति सभापति निरुदेवी पालले विद्यमान लैङ्गिक नीति, महिलासम्बन्धी पुराना नीति तथा कानून सङ्घीय व्यवस्थामैत्री बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आयोगलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

समितिले महिला आयोग ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली आवश्यक रहेको र हालसम्म नियमावली बन्न नसकेको अवस्थामा उक्त नियमावली जतिसक्दो चाँडो बनाएर कार्यान्वयनमा ल्याउन पनि मन्त्रालय र आयोगलाई निर्देशन गरेको छ ।

समितिले यसै आर्थिक वर्षभित्र सबै प्रदेशमा कार्यालय खोल्ने व्यवस्था मिलाउन पनि आयोगलाई निर्देशन दिएको छ ।

समितिका सदस्य लक्ष्मी परियार, गङ्गा चौधरी र हीरा गुरुङले मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गर्नका लागि भएका कानूनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । सोही अवसरमा आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगको समग्र काम कारवाहीबारे जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group