ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि खुल्यो कर्मचारी समायोजनका लागि आवेदन


admin
११ पुस २०७५, बुधबार   ४ : ५३   बजे

काठमाडौं,११ पुस । सरकारले कर्मचारी समायोजनका लागि बुधबारदेखि आवेदन खुला गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कर्मचारी समायोजनका लागि डब्लूडब्लू डट समायोजन डट जिओभी डट एनपी (-www.samayojan .gov.np) नामक वेबसाईट निर्माण गरी आवेदन दिने व्यवस्था समेत गरिएको पनि जानकारी गराएको हो ।

कर्मचारी समायोजन कार्यका लागि आवश्यक वेबसाईटको समेत व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिनु भयो ।

सरकारले कर्मचारी समायोजनको कामलाई व्यवस्थित बनाउन सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिहरु, प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयहरु तथा सेवा संचालन गर्ने निकायहरुमा हेल्प डेस्क स्थापना गर्ने व्यवस्था पनि मिलाएको छ ।

कर्मचारी समायोजनसम्बन्धि गुनासो सम्बोधन गर्न सरकारले कर्मचारी समायोजन गुनासो व्यवस्थापन समिति पनि बनाएको छ । यसैबीच, सरकारले सबैभन्दा बढि कर्मचारी स्थानीय तहमा पठाउने भएको छ ।

कायम गरिएको दरबन्दी अनुसार स्थानीय तहमा सबै भन्दा बढि कर्मचारी ६७ हजार ५ सय ७ जना कर्मचारी व्यवस्था गरिएको पनि सहसचिव पनेरुले जानकारी दिनु भयो । त्यसैगरी प्रदेशमा २२ हजार ७ सय ५५ र संघमा ४७ हजार ९ सय २० जना कर्मचारीको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संवैधानिक व्यवस्था अनुसार पहिलो पटक एक चोटी कर्मचारी समायोजन गरिएको उल्लेख गर्दै तोकिएको कार्य क्षेत्रमा जान कर्मचारीहरुलाई निर्देशन दिनु भयो । उहाँले समयोजनमा जाने कर्मचारीहरुको सेवा, सुविधा कटौति नभएको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री पण्डितले कर्मचारी समायोजन अध्यादेश कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनसँगै छलफल गरेर ल्याइएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group