ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले आगामी चैत्रमा लगानी सम्मेलन गर्ने


admin
१२ पुस २०७५, बिहिबार   ६ : २३   बजे

काठमाडौं,१२ पुस । सरकारले आगामी चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्ने भएको छ ।

अर्थ मन्त्रालयले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘नेपाल लगानी सम्मेलन’ सम्मेलन आगामी चैत्रमा आयोजना गर्न लागिएको औंपचारिक जानकारी गराएको हो ।

नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्न लागिएको अर्थमन्त्री एवम् सो सम्मेलन आयोजक समितिका संयोजक डा. युवराज खतिवडाले जानकारी दिनु भयो ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नु हुने सो सम्मेलनमा विश्व बैंक, एशीयाली विकास बैंक, अन्तराष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधिहरु, कूटनीतिक नियोग, गैर आवासीय नेपालीसँग लगायत नेपालमा लगानी गर्न चाहाने विकास साझेदार अन्य संस्थाहरु पनि सहभागी हुनेछन । नेपालको समृद्धिको अभियानमा साथ दिन चाहाने सबै लगानीकर्ताहरु सम्मेलनमा सहभागी हुने अर्थमन्त्री खतिवडाले बताउनु भयो ।

सम्मेलनमा नेपालको कृषि, उर्जा, भौतिक पूर्वाधार अन्तरगत रेल, सडक र हवाई सेवा संचालन तथा विस्तार, उद्योग र सूचना प्रविधिे क्षेत्रमा लगानी बढाउने विषयमा विस्तृत छलफल हुनेछ । सम्मेलन आयोजक समितिले यी पाँच वटा क्षेत्रमा लगानी भित्र्याउने गरी सम्मेलनमा छलफल हुुने पनि जनाएको छ ।

यस अघि २०७३ सालमा गरिएको लगानी सम्मेलन फलदायी भएको निष्कर्ष निकाल्दै सरकारले थप लगानी प्रवद्र्धन गर्न पुनः अन्तराष्ट्रिय स्तरको लगानी सम्मेलन गर्ने भएको हो ।

लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह आयोजनामा हुने सो सम्मेलन मुलुकलाई समृद्ध बनाउन आवश्यक बाह्य लगानी भित्रयाउन सफल हुने विश्वास गरिएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक एवम् अर्थमन्त्री खतिवडाले सो सम्मेलनलाई सफल बनाउन आ– आफ्नो ठाउँबाट योगदान पु¥याउन पनि सबैलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group