ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी


admin
१९ पुस २०७५, बिहिबार   १२ : २३   बजे

काठमाडौं,१९ पुस ।  प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार बसेको बैठकले प्रतियोगिताको मिति बोर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर, भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडि सार्ने तयारी गरिएको छ ।

प्रदेशबाट राष्ट्रिय खेलकूदमा सहभागी हुने खेलाडी-प्रशिक्षक-व्यवस्थापक-सङ्घ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकूदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकूदका लागि गठित विभिन्न उपसमितिलाई एक साताभित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पु¥याउने गरी लुम्बिनी हुँदै नेपालगञ्जसम्म लाने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रदेश छनोट र राष्ट्रिय खेलकूदका साथै दक्षिण एशियाली खेलकूद (साग)सम्म खेलाडी दुर्घटना बीमा गर्ने निर्णय गरेको छ । आठौँ राष्ट्रिय खेलकूदको मुख्य मिडिया सेन्टर नेपालगञ्जमा स्थापना गर्ने, पदक र पोशाक छनोट उपसमितिबाट छनोट भएका नमूनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकूद मन्त्रलयसँग समन्वय गरेरे टुङ्गो लउाउने निर्णय पनि बैठकले गरेको छ ।

पाँचौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पुस अन्तिम साता 

पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते यही पुस अन्तिम साता हुने भएको छ । नेपाल कराते महासङ्घको तत्वावधान तथा नेपाल सितोरियो कराते सङ्घको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २० आँैं वार्षिकोत्सवका अवसरमा पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही २६ गतेदेखि शुरु हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान र भुटानका करीब दुई हजार खेलाडीको सहभागिता रहनेछ । पुरुषतर्फको जुनियर तथा क्याडेट इभेन्टसमा २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुषकै सिनियरतर्फ ४५, ५०, ५५, ६०, ६७ ७५, ८४ केजी तौल समूह र एकल काता गरी १५ इभेन्टस् हुनेछ ।

त्यस्तै महिलातर्फ जुनियर तथा क्याडेट २०, २३, २५, २७, ३०, ३३, ३५, ४० तथा महिलाकै सिनियरतर्फ ४५, ५०, ५५, ६१, ६७ ६८ किलो तौल समूहमा र एकल काता गरी १५ इभेन्टस् गरी कूल ३० स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक प्रमुख प्रशिक्षक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी दिनुभयो । प्रतियोगिता दुई दिन चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu