ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्टिय खेलाडीहरु उत्पादन गरेको डडेल्धुरामा बर्षौदेखी क्रिकेट तथा फुटबलका गतिबिधि शून्य (भिडियोसहित)


एबीसी न्यूज
३० पुस २०७५, सोमबार   ९ : २५   बजे

डडेल्धुरा, ३० पुस ।   देश संघीय संरचनामा गइसक्दा नेपालको खेलकुद क्षेत्र भने केन्द्रीकृत धारबाट बाहिरिएको छैन । प्रदेश नं ७ को डडेल्धुरामा खेलकुद गतिविधि सुस्ताउनु पनि यसैको उपज हो । पछिल्लो समय खेल डडेल्धुरामा खेलकुद गतिविधि सुस्त बनेको छ । कारण हो खेलकुद मैदानको अभाव ।

प्रदेश नं ७ को पहाडी जिल्लाको ‘ट्रान्जीट प्वाइन्ट’ मानिने डडेलधुरामा खेलकुद क्षेत्रको विकासमा ध्यान नदिदा खेलाडी पलायन बढेर गएको छ । उपयुक्त मैदानको अभावमा अन्तराष्ट्रिय तथा राष्टिय खेलाडीहरु उत्पादन गरेको डडेल्धुरामा बर्षौदेखी क्रिकेट तथा फुटबलका गतिबिधि शून्य जस्तै छन् । चार–पाँच वर्ष यता जिल्लामा न त कुनै क्रिकेट गतिविधि हुन छ न न त फुटबलका गतिविधि नै ।

केही वर्ष पहिले जिल्ला सदरमुकाम क्षेत्रमै रहेको टुँडिखेल मैदानमा सञ्चालन हुने गरेका स्थानीय स्तरका क्रिकेट प्रतियोगिता समेत हाल सञ्चालन हुन सकेका छैनन् । खेलाडिको आफ्नै अग्रसरतामा तथा नागरिक स्तरबाट क्रिकेट प्रतियोगिताका केही संस्करण सञ्चालन प्रयास नभएका होइनन् तर सरकारी वेवास्थाकै कारण त्यसले निरन्तरता पाउन सकेको छैन ।

यहाँ ग्रामिण क्षेत्रबाट चौरमा खेल्दै जिल्लास्तरसम्म खेलाडी उत्पादन भएका छन् । खेलकुदको प्रचुर सम्भावना बोकेको डडेलधुरामा न त खेलमैदान छ, न प्रशिक्षक र पूर्वाधार नै । यहा खेलकुद नफस्टाउनुको कारण खेलमैदानको दुरावस्था तथा स्थानिय जनप्रतिनिधिको खेल प्रतिको उदाशीनता नै रहेकोे बताउँछन जिल्ला क्रिकेट संघका सचिव तथा क्रिकेट प्रशिक्षक बासुदेव जोशी ।

डडेल्धुराले तेक्वान्दो खेलाडी दिपक बिष्ट, बक्सिङ खेलाडी डम्बरदत्त भट्ट, भारोत्तोलन खेलाडी स्व। भरत साउद, एथ्लेटिक्स रियो ओलम्पिक खेलाडी सरस्वती भट्टराई जस्ता धेरै प्रतिभावान खेलाडी उत्पादन गरेको छ । तर पूर्वाधार अभावको कारण खेल क्षेत्रले गति लिन सकिरहेको छैन । खेलमैदान नहुँदा खेलकुद सम्बन्धी विभिन्न गतिविधि संचालन गर्न एकदमै समस्या व्यहोर्नु परेको यहाँका खेलाडीहरु बताउँछन । क्रिकेट खेलका लागी उपयुक्त खेल मैदान सम्म पनि नहुनु, सरोकारवाला निकायहरुको खेलप्रतिको चासो नहुनु र सञ्चालनका लागि खेलाडिहरुको दवावको कमीले प्रतियोगिता सञ्चालन नभएको उनीहरुको बुझाई छ ।

हावापानीले उपयुक्त डडेल्धुरामा खेलक्षेत्र मार्फत पर्यटन विकासमा समेत टेवा पुग्ने भएता पनि खेल क्षेत्रको विकासमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । उसो त जनप्रतिनिधिहरुलाई खेलप्रति सकरात्मक सोच जगाउने उद्देश्यले विभिन्न प्रतियोगिताको आयोजना भएपनि प्रतियोगिता सञ्चालनमा सधै आर्थिक समस्याले जगेडेकोे देखिन्छ । त्यो सँगै स्थानिय तहको बजेट बाँडफाडमा असमानता तथा खेलकुद प्रति लगाव नहुँदा जिल्ला खेलकुद विकास समितीले संचालन गर्ने बाहेका ठुला खेलकुदका गतिविधि नभएको जिल्ला खेलकुद विकास समितिको भनाई रहेको छ ।

जिल्लामा खेलकुद गतिविधि जीवित राख्न नियमित प्रतियोगिता सञ्चालनको प्रयास गरिए पनि अर्थ अभावकै कारण काम प्रभावित बन्ने गरेको छ । अतः सम्वन्धित निकाय डडेलधुराको खेल क्षेत्रको विकासमा सकारात्मक मात्र होइन यस प्रति चासो पनि राख्न् पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group