ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज माघे संक्रान्ति पर्व , विभिन्न समुदायले विभिन्न नाममा धूमधामका साथ मनाउँदै


एबीसी न्यूज
१ माघ २०७५, मंगलबार   ८ : ५५   बजे


काठमाडौँ, १ माघ ।  नेपाल बहुल जाति, धर्म, भाषा, संस्कार एवं सस्कृति भएको मुलुक हो । यही विविधता नै नेपालको पहिचान हो । यी विविधताभित्र पनि एकता रहेको छ । ती मध्येको एक हो माघे संक्रान्ति । यस पर्व विभिन्न समुदायले विभिन्न नाममा धूमधामका साथ मनाएका छन् ।

माघे संक्रान्तिको विविध महत्व रहेको छ । नेपालमा रहेका विभिन्न समुदायपिच्छे माघे संक्रान्तिले धार्मिक, संस्कृति तथा ऐतिहासिक महत्व बोकेको छ । माघे संक्रान्तिलाई मगरहरुले माघे सकराती पर्वका रुपमा मनाए भने तराईका थारु समुदायले माघी पर्वको रुपमा मनाएका छन् । हिन्दूहरुले मकर संक्रान्तिको रुपमा मनाउने यो पर्व लिम्बूहरुे कक्फेक्वा तङनामको रुपमा मनाएका छन् । यस्तै, गुरुङदेखि राउटे समुदायसम्मले यो चाड हर्षोल्लासका साथ मनाएका छन् ।

माघे संक्रान्तिको दिन नदीमा गएर नुहाउदा पाप कटी पूण्य प्राप्ति हुने जनविश्वास रहेको छ । पूर्वको प्रशिद्ध नदी सप्तकोशी, कन्काईलगायत नदीमा नुहाउन दर्शनार्थीको भीड लागको छ । सप्तकोशीमा सुनसरी र सप्तरी जिल्लाका साथै भारतको बिहारसम्ममा मानिसको भीड लागेको छ । सुनसरी, धनकुटा र उदपुरको संगम स्थल सप्तकोशी नदी र कोकाहाखोलाको त्रिवेणीमा पनि मकर नुहाउनेहरुको घुइचो लागेको छ । झापास्थित कनकाई नदी किनारमा माइबेनी मेला लागेको छ ।

यसैगरी पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा माघे संक्रान्ति मेलामा भक्तजनको घुइचो लागेको छ । त्यहा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान र पूजाआजा गरेका छन् । देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेका छ । आइतबार आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर बिहान नै नुहाएर पूजाआजामा सक्रिय भएका थिए । परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ ।

माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा धार्मिक मेला लागेको छ । उक्त क्षेत्र धाममा भक्तजनहरुले बिहानैदेखि कालीगण्डीमा स्नान गरी पूजापाठ गरेका छन् । कालीगण्डकीमा स्नानको लागी पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाची, रुपन्देही, कपिलबस्तु, पर्वत, कास्की, गोरखा, लगायतका स्थानबाट भक्तजन पुगेका छन् ।

कालीगण्डकी नेपालकै महत्वपुर्ण धार्मिक नदी भएकाले भारतका विभिन्न शहर बाट समेत स्नानको लागि भक्तजनहरु रुरु क्षेत्र धाम रिडिमा पुगेका छन् । यहा स्नानका लागि पहिलो दिन जान नसकेका भक्तजन दोस्रो दिन, दोस्रो दिन जान नसकेका भक्तजन तेस्रो दिन जाने परम्परा रहेकाले जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको छ । चार धाममध्येको एक धामको रुपमा परिचित रुरु क्षेत्र धाम रिडिमा कालीगण्डकीको स्नान गरी हृषिकेश भगवानको दर्शन गरेमा पुन्य प्राप्त गरी स्वर्गमा बास हुने जनविश्वास रहेको छ ।
यसैगरी काठमाडौमा बासोवास गर्ने थारु समुदायले चुचेपाटी र मगर समुदायले टुडिखेलमा विषेश कार्यक्रम गर्दै छन् ।

‘राष्ट्रिय पर्व माघी महोत्सव’का मनाउनका लागि नेपाली सेनाले टुँडिखेल मगर समुदायलाई दिएपछि त्‍यसका लागि झण्डै नौ महिनाअघि विधिवत् आवेदन दर्ता गरेको थारु समुदाय आक्रोसित बनेको छ।

अन्तिम समयमा आएर उक्त थलो मगर समुदायलाई दिइएको थाहा पाएपछि आक्रोशित थारु समुदायले चाबहिलस्थित सानो चुच्‍चेपाटी मैदानमा यस पटकको थारु राष्ट्रिय माघी महोत्सव मनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group