ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा माओवादी पत्तासाफ, एमाले र नयाँ शक्ति एक/एक स्थानीय तहमा विजयी


admin
७ आश्विन २०७४, शनिबार   २ : ३७   बजे

सप्तरी, ७ असोज । सप्तरीका १८ मध्ये १३ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
जसमा काँग्रेस र संघीय समाजवादी फोरम नेपाल चार÷चार स्थानीय तहमा बिजयी भएका छन् भने राजपा नेपाल तीन तथा एमाले र नयाँ शक्तिले एक÷एक स्थानीय तह जितेका छन् । पछिल्लो मतपरिणाम अनुसार काँग्रेसले सप्तरीमा चौथो जित हासिल गरेको छ । सुरुङा नगरपालिका काग्रेसका मुक्तिनाथ चौधरीले ५२७९ मत तथा उपमेयरमा काँग्रेसकी बिन्दा देवी पासवानले ५ हजार ३६ मत पाएर बिजयी हुनुभयो ।

यस्तै, संघीय समाजवादी फोरम नेपालले पनि सप्तरीमा चार स्थानीय तहमा जित हासिल गरेको छ । पछिल्लो पटक बोदे बर्साइन नगरपालिकामा मेयर र उप–मेयर दुबैमा फोरम नेपालका उम्मेदबार विजयी भएका छन् । मेयर पदमा आतिश सिंह यादव ४५४७ मत तथा उपमेयरमा रंजु कुमारी साहले ३७२१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

यस्तै फोरम नेपालले जिल्लाको बलान बिहुल गाउँपालिकामा पनि जित हासिल गरेको छ । सो गाउँपालिकामा फोरमका अध्यक्षमा दयानन्द गोइतले २३३८ तथा उपाध्यक्षमा फोरमकै रुबी कुमारी गुप्ताले १८०२ मत प्राप्त गरिन् । त्यसैगरि फोरमले महदेवा गाउँपालिको अध्यक्षमा दिपककुमार यादवले ३०९१ र उपाध्यक्षमा फोरमकै ममता यादवले २७४९ मत ल्याएकी छिन् ।
यस्तै तिलाठी–कोइलाडी गाउँपालिकामा राजपाले जितेको छ । यो जितसँगै राजपाले जिल्लामा तेश्रो जित हासिल गरेको हो । तिलाठी–कोइलाडी गाँउपालिकाको प्रमुखमा सतिश कुमार सिंहले २९८७ मत र उपप्रमुखमा सुचिता कुमारी यादवले २८७२ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

यता नयाँ शक्ति पार्टीले समेत सप्तरीबाटै आफ्नो खाता खोलेको छ । नयाँ शक्तिले जिल्लाको छिन्नमस्ता गाउँपालिकामा जित हासिल गरेको हो । सो गाउँपालिकाको अध्यक्षमा सूर्यनारायण मण्डलले २८०५ मत प्राप्त गरि बिजयी हुनुभयो भने उपाध्यक्षमा भने राजपाकी उषा कुमारी मण्डलले १७१० मत प्राप्त गरि बिजयी भइन् ।
यसरी सप्तरीमा काँग्रेसले विष्णुपुर, अग्निसाइर कृष्णासवरण, बेल्ही चपेना गाउँपालिका र सुरुङ्गा नगरपालिकामा गरि चार स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै संघीय समाजवादी फोरम नेपालले बोदेबसाईन नगरपालिकासहित वलान बिहुल, महदेवा र तिरहुत गाउँपालिका गरि चार स्थानमा जित हासिल गरेको छ ।

यसैगरि राजपाले जिल्लाको डाक्नेश्वरी नगरपालिकासहित रुपनी र तिलाठी कोइलाडी गाउँपालिकागरि तीन स्थानीय तहमा बिजयी भएको छ भने एमालेले जिल्लाको सप्तकोशी नगरपालिकामा जित हासिल गरेको छ ।
यता बाँकी रहेको पाँच मध्ये चार नगरपालिकाको मतगणना जारि रहेको छ । कंचनरुप, शम्भुनाथ, खडक र हनुमाननगर कंकालिन नगरपालिकाको मतगणना जारि रहेको छ भने राजविराज नगरपालिकाको मतगणना स्थगित भएको छ ।

मतगणना गरिएको मतपत्र भन्दा कम मत मेयर पदमा आएपछि राजनीतिक दलका प्रतिनिधीहरुले मतपत्र लुकाएको आरोप लगाउँदै पुनः मतगणनाको माँग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group