ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षमान पुन रोल्पाबाट चुनाव लड्दै, महरा दाङ सर्दै


admin
७ आश्विन २०७४, शनिबार   ३ : ५८   बजे

काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रतिनिधिसभाको निर्वाचनपछि आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने दावी गर्नु भएको छ ।

एबीसी न्यूजाको कार्यक्रम आउटलुकमा कुराकानी गर्दै नेता पुनले मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि माओवादीले सरकारको नेतृत्व गर्ने दावी गर्नु भएको हो । प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने बताउँदै नेता पुनले त्यस्तो अवस्थामा माओवादीको नेतृत्वमा सरकार बन्ने बताउ“नु भएको हो । कार्यक्रम आउटलुक मार्फत नेता पुनले प्रतिनिधिसभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गर्नु भएको छ । नेता पुनले प्रतिनिधि सभाको निर्वाचन आफ्नै थलो रोल्पाबाट लड्ने घोषणा गर्नु भएको हो ।

 

रोल्पा माओवादीको उदगम थलो भएकाले रोलपामा माओवादी नेता धेरै छन् । त्यसैले नेता पुनलाई रोल्पामा टिकट पाउन त्यति सहज भने छैन । तर, आफु रोल्पाबाट चुनाव लड्ने विषयमा अर्को रोल्पाली नेता कृष्णबहादुर महरास“ग पनि सहमति भइसकेको उहाँको भनाइ छ । पुनका अनुसार नेता कृष्णबहादुर महरा दाङबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने सहमति भइसकेको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ९ बाट चुनाव लडेका नेता पुन पराजित भएका थिए । त्यसैले होला यस पटक भने नेता पुनले आफ्ने गृह जिल्ला रोल्पाबाट चुनाव लड्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu