ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास निर्माणको अनुगमन गर्दै महानगर प्रमुख पराजुली


admin
३ माघ २०७५, बिहिबार   ७ : ३६   बजे

विराटनगर, ३ माघ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रमा भइरहेका विकास निर्माणको अनुगमन गर्न लाग्नु भएको छ ।

शुरु भएका विकास निर्माणका काम समयमै सम्पन्न गर्न र भइरहेका कामको गुणस्तर जान्नका लागि अनुगमनलाई तीव्रता दिनु भएको हो ।
अहिले नगर क्षेत्रमा दर्जनौ सडक, ढलसहित नालाका काम र कालोपत्रे गर्ने काम सञ्चालित छन् ।

विकासका काममा बिजुलीको खम्बा मुख्य बाधकका रुपमा देखा परेको प्रमुख पराजुलीले आज अनुगमन गर्दै बताउनुभयो । कतिपय स्थानमा जग्गा विवादले समेत सडक निर्माणमा ढिलाइ भइरहेको उहाँको भनाइ थियो । विराटनगरको विकास क्षेत्रीय विकास परियोजनाअन्तर्गत भइरहेको बताइएको छ ।

विराटनगर – ७ को शहीद मैदानछेउको सडक, नेपाल टेलिकमछेउको गोहिलीमार्ग, मोतीरामचोक छेउबाट जोडिएको बाटो, वडा नं ८ इन्द्रमार्गको मधुमारापथ, भगवतीमार्ग, व्यासाश्रम मार्ग, भक्तिमार्ग, भगवतीचोक, धरमबाद रोड, वडा नं ९ को चुलाचुलीमार्ग, न्यूरोमार्ग र वडा नं १० को शाहीमार्ग, प्रतिभामार्ग, सोमबारे हाट छेउलगायत विभिन्न स्थानमा बनिरहेका सडक निर्माण कहिले सकिन्छ भनेर महानगर प्रमुख पराजुलीले आयोजनाका परामर्शदाता र इञ्जिनीयरसँग समयसीमा किटानी लिनुभएको छ ।

प्रमुख पराजुलीले विकासमा अब ढिलाइ गर्न नहुने भएकाले निर्माण व्यवसायीलाई सक्रियता देखाउन निर्देशन पनि दिनुभयो । अनुगमनका क्रममा कन्सलटेण्ट इञ्जिनीयर हरेकृष्ण मण्डलले नगर क्षेत्रका अधिकांश सडक निर्माणको अन्तिम अवस्थामा रहेको जानकारी दिनुभयो ।

अनुगमनमा वडाध्यक्ष निश्चल अर्याल, मधुबाबु तिवारी, विश्वनाथ भगत र माधवराज वाग्ले तथा इञ्जिनीयर भरत न्यौपाने र घनश्याम काफ्लेलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group