काठमाडौं,५ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकताले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई वटा ट्रकमा आगजनी गरेका छन ।
बन्दकर्ताले आज बिहान बराहताल गाउँपालिका,, ५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका, २ मा मालबाहक ट्रकमा आगजनी गरेका हुन ।
आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बन्दले गर्दा सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन । शनिबार बिहान सुर्खेत पुग्ने रात्रि सेवाका सवारी साधन स्कर्टिङ गरी गन्तव्यमा पु¥याएको प्रहरीले जानकारी दिएको छ ।
विद्यार्थीहरुको जिल्ला सम्मेलनमा सहभागी हुन आएका नेकपाका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्ववियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बूढालाई गिरफ्तार गरिएको विरोधमा नेकपाले आज सुर्खेत जिल्ला बन्द आह्वान गरेको थियो । पक्राउ परेकाहरुलाई तत्काल रिहाइको माग गर्दै जिल्ला बन्द आह्वान गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्