ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई नम्बर प्रदेशमा एमाले पाँचौ दलमा सिमित


admin
८ आश्विन २०७४, आइतबार   ४ : ४९   बजे

काठमाडौं, ८ असोज । प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचन अन्तर्गतको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्को मतपरिणामअनुसार नेपाली कांग्रेसले ३७ स्थानीय तहमा जित हासिल गर्दै पहिलो स्थानमा छ । दोस्रौ स्थानमा राष्ट्रिय जनता पार्टी नेपाल रहेको छ ।

राजपाले २४ स्थानीय तहमा जित हासिल गरेको छ । संघीय समाजवादी फोरम २३ स्थानीय तहमा जित हासिल गर्दै तेस्रो र नेकपा माओवादी केन्द्र २० स्स्थनीय तहमा जित हासिल गर्दै चौथो दल बनेको छ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले भने तेस्रो चरणको निर्वाचनमा पाँचौ दलमा सीमित भएको छ । अहिलेसम्म एमालेले १७ स्थानीय तहमा मात्र जित हासिल गरेको छ ।

मतपरिणाम अनुसार नेपाली कांग्रेसले २० नगरपालिका, १३ गाउँपालिकामा विजयी हासिल गरेको छ ।

दोस्रो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ११ नगरपालिका, ११ गाउँपालिका र १ उप–महानगरपालिकामा जित हासिल गर्न सफल भएको छ ।

तेस्रो स्थानमा रहेको संघीय समाजबादी फोरम ७ नगरपालिका, १५ गाउँपालिकामा विजयी भएको छ भने चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० नगरपालिका, १० गाउँपालिकामा जित हासिल गरेको छ ।

पाँचौ स्थानमा रहेको नेकपा एमालेले भने १० नगरपालिका, ६ गाउँपालिका र १ उप–महानगरपालिका सहित १७ स्थानीय तहमा विजयी हासिल गरेको छ ।

तराई क्षेत्र नै आफ्नो मुख्य थलो भएको नेपाल लोकत्रान्त्रिक फोरमले १ नगरपालिका र २ गाउँपालिका मात्र जित हात पारेको छ । यस्तै, नेपाली जनता दलले २ र नयाँ शक्ति नेपालले १ स्थानीय तहमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group