काठमाडौं,६ माघ । रुपन्देही र कपिलवस्तुबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही बुटवल उपमहानगरपालिका-६ ट्राफिक चोकबाट कास्की पोखरा महानगरपालिका-७ घारिपाटन बस्ने २८ वर्षीय हेमबहादुर गुरुङलाई नियन्त्रित लागूऔषध नुर्फिन ३० एम्पुल, फेनेरागन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, नाईट्रोसन १० एम्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ बहादुरगंज चोकबाट भारत रक्सौल बस्ने २६ वर्षीय ताहिर अलि र कपिलवस्तु कृष्णनगर नगरपालिका-१ स्थित मजदुरी गरी बस्ने भारत घर भएका ३२ वर्षीय मोहमद आलम मुसलवानलाई लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ अन्दाजी ४० केजी सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उनीहरुले बोकेको ३ वटा झोलामा ४ वटा प्लाष्टिकको ग्यालेनभित्र उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्