काठमाडौं,६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न असफल भएको आरोप लगाएका छन ।
नेपाली कांग्रेस तनहुँले बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापत देउवाले देशमा बलात्कार, हत्या, हिंसा तथा आतंकजस्ता कार्यहरुलाई नियन्त्रण गर्न नसकेर सरकार असफल सावित भइसकेको बताउनुभएको हो ।
उनले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाए । हत्याको प्रमाण नष्ट गर्ने खोज्ने, कपडा पखाल्ने जस्ता कार्य स्पष्ट भए पनि हत्यारा पत्ता लगाउन नसक्नुले संरक्षणमा सरकारको संलग्नता मान्न सकिने उनको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस्