कपिलवस्तु,६ माघ । कपिलवस्तु नगरपालिका वडा नं.–१ को बहादुर गंज चौक बाट ४० के जी चरेस सहित २ जना भारतीय नागरिक प्रकाउ परेका छन ।
यसरी प्रकाउ पर्नेमा भारतको मोतिहारी जिल्ला रक्सौल ग्राम परेवा मा बस्ने २६ वर्षिय ताहिर अलि र ३२ वर्षिय मोहमद आलम रहेका छन ।
जिल्ला प्रहरी कार्यलय कपिलवस्तु ले पत्रकार सम्मेलन गर्दे उनीहरुलाई सार्वजनिक गरेका थिए । प्रकाउ गरिएको चरेसको मुल्य १२ लाख रुपया जती पर्ने जानकारी गराएका थिए ।
गोप्य सुचनाका्े आधारमा उनीहरुलाई चेक जाच गर्ने क्रममा ३ वटा झोलामा ४ वटा आकेश रगंको प्लास्टिक को ग्यालेन भित्र लुकाइ राखेको चरेस सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रवि रावलले जानकारी दिए ।
उनीहरुलाई थप अनुसन्धानको लागी आजै जिल्ला अदालत बाट ५ दिनको लागी म्याद थप गरिएको रावलले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्