ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च तीन जनप्रतिनिधि


एबीसी न्यूज
७ माघ २०७५, सोमबार   १० : ४१   बजे


गलेश्वर, ७ माघ ।  विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेका हुन् ।

यी तीनजना जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाएको रकमका साथै व्यक्तिगतरुपबाट समेत लाखौँ रुपैयाँ खर्च गरेर आफ्नो गाउँपालिकाभित्रका विद्यालय, सडक, असहाय बालबालिका, गरीब, विपन्न, शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धालाई सहयोग गरेर सबैको मन जित्न सफल भएका छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाकै दुर्गम क्षेत्रमा पर्ने वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयलाई भवन निर्माणका लागि जग्गा किन्दा लागेको रु तीन लाख ५० हजार ऋण तिरिदिनुभएको छ । त्यसका साथै जन्म दिएकी आमाले छोडेर अर्को विवाह गरेपछि असहाय बनेका हिदीका तीन जना बालबालिकाको माध्यमिक तहसम्मको शिक्षाको जिम्मासमेत लिनुभएको छ । आमाले छोडेर गएपछि असहाय बनेका हिदीका रेखा किसान, कर्ण किसान र बेलबहादुर किसानका शैक्षिक अभिभावक बन्नुभएका रोकाले उनीहरुलाई मासिकरुपमा प्रतिव्यक्ति रु पाँच हजार गरी रु १५ हजार खर्च व्यहोर्दै आउनुभएको हिदीका रामबहादुर किसानले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाली काङ्ग्रेसबाट निर्वाचित रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत रु ४० लाखभन्दा बढीको लगानीमा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा सडक निर्माण गरेर उदाहरणीय बन्नुभएको छ । निर्वाचनताका आफूले जनतासँग गरेका प्रतिबद्धता सरकारी रकमबाट मात्र पूरा हुने सम्भावना नभएपछि आफ्नो व्यक्तिगत लगानीमा आफूले गरेका प्रतिबद्धता यो २२ महीनाको अवधिमा पूरा गरेको उहाँको भनाइ रहेको छ ।

भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा विकास निर्माणका काम गर्नुका साथै मानवीय सहयोगका क्षेत्रमा पनि धेरै सहयोग गरेका स्थानीयले बताएका छन् । आफूले पाउने पारिश्रमिकबाट गाउँपालिकाभित्रका गरीब, असक्त, असहाय, बालबालिका र वृद्धवृद्धाका लागि आवश्यक सहयोग गरेर भण्डारीले सबैको मन जित्न सफल हुनुभएको छ ।

त्यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको शैक्षिक र सूचना प्रविधिका क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गर्ने गर्नुभएको छ ।

गाउँपालिकाको अध्यक्ष भएबापत आफूले पाउने पारिश्रमिक एक रुपैयाँ पनि आफ्नो निजी खर्चका लागि प्रयोग नगर्ने सङ्कल्प गर्नुभएका अध्यक्ष पुनले अक्षयकोष नै स्थापना गरेर गाउँपालकाभित्रका विद्यालयको गुणस्तर वृद्धि, भौतिक पूर्वाधार निर्माण, बालशिक्षा पढाउने शिक्षिकाको तलब, टेली एजुकेशन, सूचना प्रविधि र गरीब तथा असहाय बालबालिकाको शिक्षाका लागि खर्च गर्ने गर्नुभएको गाउँपालिकाको वडा नं ६ घारका वडाध्यक्ष कृष्णबहादुर बरुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group