धनगढी, ७ माघ । कैलालीको अत्तरियाका २० वर्षीय अरुण भट्टको हत्या गरी फरार रहेका एक मुख्यसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका उक्त हत्या घटनाका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का विनोद ऐर रहेको जानकारी दिएको छ ।
घटनापछि मुख्य अभियुक्तलाई आफ्नो डेरा कोठामा लुकाउने काम गर्ने धनगढी उपमहानगरपालिका–२ की २१वर्षीया मञ्जु चौधरी (खड्का) र वडा नं १३ का २१ वर्षीय लोकेश खत्री तथा मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखी भगाउने धनगढी–३ का डेबिटसिं ऐरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिनुभयो ।
शनिबार साँझ अत्तरियामा जारी रहेको महोत्सव सकिएलगत्तै पुरानो रिसइवीका कारण ऐर लगायत तीन–चार जनाको समूहले मृतक भट्टको समूहमाथि धारिलो हतियारले आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आक्रमणबाट घाइते भट्टलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो
प्रतिक्रिया दिनुहोस्