काठमाडौं,११ माघ । रुकुमको सानेभेरी गाउँपालिकामा जन्मिएका २१ वर्षिय कृष्ण ओली विद्युत प्राविधिक हुन् । दाङको तुलसीपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा उनले केही महिना अगाडि मात्रै अस्थाई जागिर पाएका थिए ।
गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा पोलमा चढ्दा उनलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । भारतको अस्पतालले फर्काइदिएका उनलाई कीर्तिपुर अस्पतालले बचाएको थियो ।
तर उनले दुवै हात र एक खुट्टा गुमाएका छन । एउटा नेपाली विपतमा पर्दा संसारभरका नेपालीहरु कसरी एकजुट भएर सहयोग गर्छन् भन्ने उदाहरण बनेको छ । अन्यथा कृष्ण ओलीका लागि एक महिनाभित्रै झण्डै दुई करोड संकलन भएको छ ।
रुकुमका युवक कृष्ण ओलीले गत जेठमा करेन्ट लागेर दुई हात एवं एक खुट्टा गुमाए । त्यसपछिका सात महिना उनी कति रोए कुनै लेखाजोखा छैन । उनकी पत्नी रुपाले दह्रो मुटु बनाएर कसरी श्रीमानलाई सम्हालिन् उनैलाई मात्र थाहा छ ।
तर, अहिले यो जोडीको अनुहारमा मुस्कान फिरेको छ । कम्तिमा कृत्रिम हात गोडाको सहायताले कृष्णले आफ्नो जीवन अगाडि बढाउन सक्ने कुराले उत्साही बनेका छन् । देशविदेशका नेपालीहरुले यो जोडीलाई सयोग गरिरहेका छन ।
जब एक महिना अगाडि कृष्णको कथा एउटा यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको थियो । त्यसले नेपालीहरुलाई तरंगित बनायो । तत्कालै उनका लागि आर्थिक सहयोग जुट्न थाल्यो ।
कठिन अवस्थामा कृष्णका लागि बलियो खम्बा बनेर उभिइन् उनकी १८ वर्षीया पत्नी रुपा । बलियो मुटु भएकी रुपाले अकल्पनीय बज्रपात सहनुपर्दा पनि हिम्मत हारिनन् । श्रीमानको हौसला बढाइन् । रुपा जस्ती पत्नी पाउनुलाई धेरैले उनको भाग्यको रुपमा चित्रण गरेका छन ।
प्रतिक्रिया दिनुहोस्