ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले चिकित्सा शास्त्र विधेयक पास गरेको भन्दै तरुण दलको देश ठप्प बनाउने चेतावनी


एबीसी न्यूज
११ माघ २०७५, शुक्रबार   ६ : ०९   बजे

पोखरा , ११ माघ । नेपाली कांग्रेसको विरोध र घेराबन्दी तोड्दै सरकारले चिकित्सा शास्त्र विधेयक पास गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले देश ठप्प बनाउने चेतावनी दिएको छ ।

तरुण दलले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वृहत विरोध ¥याली पछि आयोजित सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग कार्कीले सरकारले कांग्रेसको विरोध र घेराबन्दीलाई तोड्दै शुक्रबार चिकित्सा शास्त्र विधेयक पास गरेकोमा आपत्ति जनाउदै शनिवारबाट सडक आन्दोलनलाई चर्काउने र देश ठप्प बनाउने चेतावनी दिएका हुन ।

चेतावनी संगै बस्नेतले निर्मला पन्त हत्यामा उच्चओदामा भएका ब्यक्तिको छोरा भएकाले पनि निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको भन्दै सरकारले हत्यारा पत्ता नलगाए आफुहरुले हत्याराको पर्दाफास गर्ने समेत चेतावनी दिए ।

सो अवसरमा वोल्दै नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य कृष्ण चन्द्र पोख्रेलले सरकारले नेपाली कांग्रेसका नेताहरुको नामको हस्पिटललाई सम्बोधन नदिएर नेपाली कांग्रेसको इतिहांसलाई मेटाउने काम गरेको भन्दै नेकपाका अध्यक्ष प्रचण्डलाई पनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले कास्कीको सिक्लेसबाट उठाएर सिंहदरवार छिराएको इतिहास नविर्सन आग्रह गरे । इतिहासलाई भुल्नेहरुले राजनितीको बारेमा नेपाली कांग्रेस संग सिक्न समेत पोख्रेलले कम्युनिष्टहरुलाई आग्रह गरे ।

त्यस्तै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले नेपाली कांग्रेसलाई सत्ता मोह भएको आरोप लगाउनु अत्यन्तै गलत भएको वताउदै नेपाली कांग्रेस विपक्षमा रहेतापनि सकारात्मक कामलाई संधै समर्थन गरिरहेको र पछिल्लो समय चुनावमा दिइएका आश्वसनहरु कम्युनिष्ट सरकारले पुरा गर्न तर्फ ध्यान दिन भन्दापनि भ्रष्ट्राचार र कमाउधन्दामा लागेकाले खवरदारी गर्न आफुहरु सडकमा आएको वताए ।

तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्रजंग शाहीले भ्रष्ट्राचारी रविन्द्र अधिकारीलाई कास्की आउदा विरोध गरी कालो कफन बांधेर अवरोध गर्न तरुण दलका युवाहरुलाई आग्रह गरेका थिएभने सभामुख कृष्ण बहादुर महराले नेपाली कांगेसका संसदलाई सदनमा वोल्ने समय नदिएर महराले जबरा शासन त्यो पनि कम्युनिष्ट शैली लाद्न खोजेको भन्दै त्यसको खवरदारी सहित सिंह दरबारबाट कम्युनिष्टहरुलाई सडकमा ल्याउनका लागी सातै प्रदेशमा बिरोधका कार्यक्रमहरु सञ्चालन गर्न आफुहरु बाध्य भएको वताए ।
पोखराको चिप्लेढुंगाबाट शुरु भएको बिरोध र्याली पोखराको न्युरोड, सभागृह चोक हुदै पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group