ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंबाटै अपहरणमा परिन् चिकित्सककी छोरी , पैसा बुझाएपछि फिर्ता


admin
१२ माघ २०७५, शनिबार   २ : ४७   बजे

काठमाडौं,१२ माघ । प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् ।

प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो ।

परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग सम्बन्ध रहेको बताउनुभयो । अनुसन्धान भइरहेकाले वास्तविकता खुल्दै जाने उहाँको भनाइ छ ।

शुक्रबार बिहान कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको अपराह्न ४ बजे सकुशल फेला पारिएको थियो । परिवारले रकम बुझेपछि जनकपुरका अपहरणकारी मनिषकुमार गुप्ताले तिलगङ्गास्थित गणेश होटल अगाडि बच्चा छाडेर फरार भएका थिए । सादा पोशाकका ४० भन्दा बढी प्रहरी परिचालन हुँदा पनि गुप्ता फरार हुन सफल भएका छन् ।

बालिकाकी आमा बबिता शाहले पनि उनी पहिले घरमा आएर बसेको स्वीकार गर्नुभएको छ । “छोरी कोहीसँग जान मन्दिन, चिनजान नै भएकाले उसँग मानेको हुनुपर्छ ।” उहाँले भन्नुभयो । पारिवारिक स्रोतका अनुसार जनकपुरमा रहेको उनीहरुको घर आधा घण्टा हिँडेर जाँदा पुग्न सकिने ठाउँमा छ ।

बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि शुक्रबार करीब ९ बजेतिर छोरी हराएको खबर पाउनुभएको थियो । तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर गरेपछि महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौँले बच्चाको खोजतलास थालेको थियो ।

शुक्रबार अपहरणकारी जोरपाटी, जम्बुडाँडा, तिलगङ्गामा लोकेसन ट्रयाक भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
प्र

हरीका अनुसार जनकपुरमा रहेका उनका आफन्तबाट अपहरणकारीका परिवारले साढे दुई लाख रकम बुझेको जानकारीमा आएको छ । रकम बुझेको केहीसमयपछि नै बालिका अपहरण गर्ने गुप्ताकी श्रीमती अर्चना गुप्तालाई भने धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीन-चार जना पक्राउ गरे पनि अरुले पैसा बुझेको होइन भन्ने भएपछि अर्चनालाई पक्राउ गरी आज बिहान काठमाडौँ पठाइएको जानकारी दिनुभयो । उनको साथबाट रु एक लाख ५० हजार नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक थपलियाले बताउनुभयो ।

शुक्रबार अपहरणकारीले प्रयोग गरेको मोबाइलसमेत प्रयोग गर्न छाडेकाले नयाँ तरिकाले अनुसन्धान थालिएको प्रहरी स्रोतको भनाइ छ । आज बबिताका श्रीमान् र पक्राउ परेकी अर्चना गुप्ता काठमाडौँ आएपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group