चितवन,१७ माघ । चितवनको भरतपुरमा एक किशोरीले आत्महत्या गरेकी छन । बुधबार भरतपुर महानगरपालिका (२ क्षेत्रपुर बस्ने जग बहादुर मजकोटीकी छोरी १९ वर्षिय संगीता मजकोटीले आफ्नै कोठाको चुकुल लगाइ सिलिङ्ग फ्यानमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनले आत्महत्या किन गरिन् भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
घट्ना आत्महत्या नै देखिएको भएपनि प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता एवं डिएसपी दुर्गाराज रेग्मीले बताएका छन ।
आत्महत्या गरेपछि पनि दिउँसोको तीन बजेसम्म उनको फेसबुक खुल्ला नै रहेको बताइएको छ । प्रेममा धोका पाएपछि वा तनाव भएपछि उनले आत्महत्या गरेको हुन सक्ने स्थानीयबासीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्