ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न घटनामा संलग्न पाँच व्यक्ति पक्राउ


admin
१७ माघ २०७५, बिहिबार   ५ : २२   बजे

दाङ, १७ माघ । दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २३ वर्षीय राजु विक र ३२ वर्षीय कृष्णबहादुर चौधरी रहेका छन् । 

उनीहरुलाई गढवा गाउँपालिका–६ मानपुर भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । निजहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १३२ बमोजिम हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको पाण्डेले जानकारी दिनुभयो । 

यसैगरी एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने १८ वर्षीय मुकेश विकलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । बुधबार पाँच वर्षीया बालिकालाई घर नजिकको खोलामा लगी जबर्जस्ती करणी गरेको भन्ने अभियोगमा पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

निज विकलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहको दाङ प्रहरीले जानाएको छ । बालिका उपचारपछि हाल सामान्य अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu