
गुल्मी,२० माघ । मुसिकोट नगरपालिका ८ वामी मैदानमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका वडा अध्यक्ष नारायण सापकोटाले बताएका छन ।
वामी मैदानबाट वामीटक्सार जादै गरेको ग १ च ८३५७ नम्बरको जिप वामी मैदान चौपारीबाट करिब एक सय ५० मिटर तल खसेको छ । दुर्घटनामा गाडी मालिक मुसिकोट नगरपालिका ८ निवासी अन्दाजी ३० बर्षीय ठाकुर सापकोटा र सोही स्थानका ५५ बर्षीय पुतली ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन खड्काले बताए ।
दुवै जनाको टाउकोमा चोट लागेको छ, दुर्घटनामा मुसिकोट नगरपालिका ८ निवासी ५५ बर्षीय हरिकला कार्की र बाग्लुङ्ग दगातुम्डाडा घर भइ वामी मैदान दिदी भेट्न आएका १२ वर्षीय कमल कार्की घाइते भएका छन् ।
दुवै जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ वामी मैदान स्थित लुम्बिनी मेडिकल कलेज वामी शाखामा थप उपचार भैरहेको छ । दुर्घटना बिहान करिब दश बजेको समयमा भएको प्रहरी चौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । ब्याक गर्ने क्रममा गाडी सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्