महेन्द्रनगर, धनुषा, १३ । जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ ।
राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताउनुभयो ।
निष्ठापूर्वक राजदेवीको पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । नवमीका दिन आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने पूजा मूल समितिका संयोजक एवं राम युवा कमिटीका अध्यक्ष शम्भुप्रसाद साह प्रेमीले दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्