ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पच्चिस वर्षदेखि हवाईजहाजले उडान भर्न छोडेपछि..


admin
२० माघ २०७५, आइतबार   ३ : २५   बजे

दार्चुला, २० माघ । पच्चिस वर्षदेखि हवाईजहाजले उडान भर्न छोडेपछि गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । उक्त विमानस्थल अहिले केटाकेटीको खेल मैदान र गौचरनको रुपमा प्रयोग हुँदै आएको छ । 

सशस्त्र द्वन्द्व शुरु भएसँगै विसं २०५०देखि जहाजले उडान भर्न छोडकोले यो विमानस्थल गाई भैँसीका लागि चरन क्षेत्र बनेको हो । द्वन्द्वका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइड अफिसलगायतमा आगजानी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुनसकेको छैन ।

विमानस्थलका कार्यालय सहयोगी रामदत्त विष्टले भन्नुभयो, “यो विमानस्थलसँगै बन्द भएका सुदूरपश्चिम प्रदेशका अन्य केही विमानस्थल कालोपत्रे भएर सञ्चालन आइसक्दा पनि यो विमानस्थल अझै सञ्चालन हुने छाँटकाँट छैन।” 

द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवर्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ । सिङ्गो दार्चुला जिल्ला र बैतडी जिल्लाको आधाभन्दा बढी भू–भागले सजिलै सेवा पाउने यो विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै विकासका योजनामा असर पर्नाका साथै उपचारका लागि अन्यत्र पठाउनुपर्ने जटिल अवस्थाका बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ । 

“ विमानस्थल सञ्चालनमा ल्याउने भनेर नेताहरूले पटक÷पटक भाषणमा जोड दिए पनि अझै पहल गरेको देखिदैन,” उहाँले भन्नुभयो, “यो विमानस्थल सञ्चालन हुँदादेखि नै कार्यरत छु । अहिले नेपालगञ्ज गएर हाजिर बुझाएर तलव लिन्छु तर आफ्नै जिल्लाको विमानस्थलको अवस्था नाजुक बन्दै गएकामा खिन्न छु । अतिक्रमणको चपेटामा विमानस्थल परेको देख्दा नियास्रो लाग्न थालेको छ ।” 

तत्कालीन बोहरी गाउँको देवस्थलीमा विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएकामा स्थानीयवासीले स्वीकृति नदिएकाले चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा विसं २०४४÷४५ सालतिर विमानस्थल निर्माण गरिएको थियो । 

हप्तामा एक–दुई उडान त्योबेला पनि निरन्तर चल्थ्यो, कार्यालय सहयोगी विष्टले भन्नुभयो, “नेपालगञ्ज–गोकुलेश्वर र गोकुलेश्वर–महेन्द्रनगरका लागि उडान हुँदै आएको हो ।”रातिसमेत हवाई टिकट काट्नुपर्ने यो विमानस्थल विसं २०५० देखि भने पूर्ण रूपमा बन्द छ । 

विमानस्थलको वरिपरिका तारजाली फालिएकाले निर्बाध रुपमा गाईवस्तु भँैसी चरिचरनका लागि बाटो बनेको छ । अहिले पनि सुदूरपश्चिम प्रदेशको राजधानीबाट झण्डै ३४५ किलोमिटर सडक मार्गबाट दार्चुला सदरमुकामसम्म पुग्न कष्टप्रदयात्रा गर्नुपर्ने बाध्यता छ, स्थानीयवासी गङ्गादत्त जोशीले भन्नुभयो । 

बेला बेलामा तालुक मन्त्रालयबाट टोली सर्भेक्षणका लागि आए पनि त्यसपछि के पहल भयो भन्ने जानकारी बाहिर आउँदैन । गत मङ्सिरमा पनि एउटा टोलीले यो विमानस्थल निरीक्षण गरेर फर्किएको थियो । उक्त टोलीले विमानस्थल बन्द भएपछि निर्माण भएका भवन तथा दुई जिल्ला जोड्ने चमेलिया पुल पनि विमान सञ्चालनका लागि बाधक बन्ने प्रारम्भिक जानकारी मात्रै गरायो, जोशीले भन्नुभयो, “अहिले पनि विमानस्थल सञ्चालनका लागि ठोस पहल भएको छैन् ।” 
विमानस्थल सञ्चालन गर्न सके पर्यटन प्रवर्धनका साथै व्यापार बृद्धि हुने अवस्था छ, स्थानीय नेता लालबहादुर विकले भन्नुभयो । 

तात्कालिन पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरले सुदूरपश्चिमभरका विमानस्थलमा हेलिकप्टर सञ्चालन गरेर विमानस्थललाई नियमित गराउने यही विमानस्थलको धावनमार्गमा आयोजित कार्यक्रम उल्लेख गर्नाका साथै रु चार लाख ३० हजार बजेट समेत विनियोजन गरे पनि कुनै प्रगति हुन सकेन । 

दिलेन्द्रप्रसाद बडू ,प्रेमसिंह धामी, लक्ष्मणदत्त जोशी, गणेशसिंह ठगुन्नालगायत नेताले नेताले मेरै पालामा यो विमानस्थल सञ्चालनमा ल्याउँछु भनेर भाषण गर्दै आएपनि विमानस्थलको अवस्था नसुध्रिएकाले ती नेताका वाचा र भाषण कोरा गफ मात्र भएको स्थानीयबासीले भन्न थालेको शैल्यशिखर नगरपालिका– ९ गोकुलेश्वरका युवा नेता कालु चन्दको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group