ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीमाटीमा नेकपा निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झडप,पाँच घाइते


admin
२ फाल्गुन २०७५, बिहिबार   ४ : ३४   बजे

काठमाडौ,२ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ । 

अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराउनुभयो । 

झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीलगायत पाँच घाइते हुनुभएको उहाँले बताउनुभयो । अन्य घाइते हुनेमा केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडौ भूगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल रहनुभएको छ । 

अनेरास्ववियुका सचिवालय सदस्य घर्तीले आफू सरकारद्वारा सञ्चालित क्याम्पसमा सङ्गठन विस्तार गर्न जाँदा प्रतिष्ठान प्रशासनले प्रहरी बोलाएर कुटपिट गरेको बताउनुभयो । घाइतेमध्ये क्रान्तिकारीका सचिव साउदको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । 

साउदलाई टाउकोमा पाँच टाँका लगाइएको सचिवालय सदस्य घर्तीले जानकारी दिनुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रतिष्ठानमा अहिलेसम्म कुनै विद्यार्थी सङ्गठनको सङ्गठन नभएकाले जबरजस्ती सङ्गठन खोल्ने क्रममा प्रहरीसँग विद्यार्थी नेताको झडप भएको बताउनुभयो । 

“हाम्रो प्रतिष्ठानमा कुनै विद्यार्थी सङ्गठनको सङ्गठन छैन । बाहिरबाट आएर अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बलजफ्ती सङ्गठन खोल्न थालेका थिए”, उहाँले भन्नुभयो, “प्रतिष्ठानमा अध्ययन गरिरहेका विद्यार्थीले सङ्गठन चाहिँदैन भन्दै थिए । बाहिर र भित्रका विद्यार्थीबीच सङ्गठन खोल्ने र नखोल्ने भन्ने विषयमा विवाद हुँदा प्रहरीसँग झडप भएको हो ।” 

उहाँले झपडमा दुवैतर्फका विद्यार्थी घाइते भएको जानकारी गराउनुभयो । संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले उक्त प्रतिष्ठान सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानमा होटल व्यवस्थापन र सत्कार विषय अध्ययन हुँदै आएको छ । 

यसैगरी अनेरास्ववियुका महासचिव महरले विज्ञप्ति जारी गर्दै विद्यार्थी नेतामाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गर्नुभएको छ 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group