ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी–एमाले एकताको सम्भावना कति ?


admin
१५ आश्विन २०७४, आइतबार   ५ : ५०   बजे

काठमाडौं, १५ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबै वामपन्थी धारका पार्टी हुन । कुन दल कति वामपन्थी भन्ने प्रश्नको जवाफ दुबै दलको व्यवहारले प्रष्ट पार्छ । यो, विषयमा धेरै बहस गरिरहनु आवश्य लाग्दैन । तुलोमा जोख्ने हो भने दुबैको तौल धेरै लतमाथि पर्दैन । तर, बेला–बेला एमाले–माओवादी एकताले नेपाली राजनीतिमा स्थान पाउने गरेको छ । खासगरी निर्वाचन लगायतका राजनीतिक घटनाक्रमपछि एमाले–माओवादी एकताले स्थान पाउने गरेको छ ।

पछिल्लो पटक दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो दलबाट तेस्रो दलमा झरेपछि एक पटक माओवादी–एमाले एकताको चर्चा चलेको थियो । दुबै दलका शीर्ष नेताहरुले पनि बेला–बेला दुई पार्टी एकताको विषयमा मुख खोल्दै आएका छन् । तर, अहिलेसम्म यी दलबीच एकताका लागि खास विशेष छलफल भने भएको छैन ।

माओवादीको समर्थमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला सरकारले गरेको गतिविधिहरु र माओवादी अध्यक्ष प्रचण्डले काँध थापेको परिघटनाले माओवादी–एमाले एकताको सम्भावना देख्नेहरु पनि थिए । तर, सत्ता समिकरण बदलिएसँगै विशेषगरी माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बरफ जम्यो । त्यो बरफ नपग्लेसम्म अहिलेका लागि माओवादी–एमाले सम्बन्धमा न्यानोपन आउने सम्भावना कम छ । तर, राजनीतिमा असम्भव केही छैन भन्ने मान्यता रहेकाले प्रचण्ड–ओलीबीचको बफर कुनै पनि समय पग्लिन सक्छ । के दुई अध्यक्षबीचको सम्बन्धमा न्यानोपन आउने बित्तिकै माओवादी–एमाले एकता सम्भव होला ? यो अहिलेका लागि अनुत्तरित प्रश्न बनेको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा माओवादी तेस्रो शक्ति बनेसँगै माओवादी–एमाले एकताले स्थान पाए झै तेस्रो चरणको स्थानीय तह निर्वाचनपछि एमाले–माओवादी एकता फेरी एक पटक सतहमा आएको छ । दुई नम्बर प्रदेशमा एमाले कमजोर भएपछि एमालेका कतिपय नेताले अब माओवादीसँग पार्टी एकता गर्नु पर्ने आवाज उठाएका छन् । दशैंको टीका लगत्तै बसेको नेकपा एमालेको बैठकले आगामी निर्वाचनमा वामपन्थी राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गर्‍यो । र, एमालेको मुख्य प्राथामिकतामा नेकपा माओवादी केन्द्र पर्‍यो । त्यसैले माओवादी–एमाले एकताको कथन गर्न सहज भएको छ ।

दशैंको टीका सकिए लगत्तै बसेको एमाले बैठकले माओवादीसँग चनावी तालमेलमा जोड दियो । तर, दशै मनाउन गृह जिल्ला रोल्पा पुगेका माओवादीका प्रभावशाली नेता वर्षमान पुनले भने तालमेलभन्दा पनि पार्टी एकताको सम्भावना बढी रहेको प्रतिकृया दिए । नेता पुनले भनेका थिए : एमाले र हाम्रो पार्टीको राजनीतिक लाइन अहिले नजिक छ, दुवै पार्टीले सामाजवादी क्रान्ति पूरा गर्ने कार्यदिशामा अगाडि बढ्ने निर्णय गरेका छौं, त्यसैले तालमेलभन्दा पनि एकता नजिक छ ।

एकताको सम्भावना कति ?
नेपालमा नेकपा एमालेका लागि माओवादी र माओवादीका लागि एमाले मुख्य प्रतिस्पर्धी दल हुन । दुबै वामपन्थी दल रहेकाले वामपन्थी विचारधारीलाई आफ्नो पक्षमा पार्न यी दुई दल सधै प्रतिस्पधार्नमा देखिन्छन् । विभिन्न चरणका निर्वाचनको समग्र मतलाई आधार मान्ने हो भने कम्युष्टि नै बढी रहेको पनि प्रष्ट छ । र, वामपन्थी विचारका सबै मतलाई माओवादी–एमालेको एकता मार्फत एकजुट बनाउनु पर्ने कतिपयले विचार पनि राख्दै आएका छन् । यो, आधारलाई आत्मसाथ गर्ने हो भने माओवादी–एमाले एमालेका लागि बाटो खुल्न सक्छ । तर, वामपन्थी विचार राख्नेहरुलाई एकजुट बनाउने भावनात्मक बुझाइका आधारमै माओवादी–एमाले एकता सम्भव छैन ।

कतिपय व्यक्ति र राजनीतिक विश्लेषकले माओवादी एमालेमा विलय हुनु पर्ने आधारहरु समेत प्रस्तुत गर्ने गरेका छन् । संगठानिक चुस्तताको आधारमा माओवादी एमालेमा विलय हुनुपर्ने आधार पनि एउटै आचारणका दुई पार्टीबीच स्वीकार्य नहुनसक्छ । त्यसैले, अहिलेको अवस्थामा दुई दलबीच पार्टी एकता भन्दा पनि चुनावी तालमेल सम्मको सम्भावना भने नजिक देखिन्छ । तर, तात्कालिक परिवेशमा माओवादी–एमालेबीच चुनावी तालमेल भए वर्तमान सत्ता गठबन्धनमा असर पर्नेछ । र, फेरी सत्ता समिकरण बदलिने निश्चत छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group