ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक व्यवस्थापन गर्न समिति


एबीसी न्यूज
७ फाल्गुन २०७५, मंगलबार   २ : ३२   बजे


काठमाडौँ – ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन, सडक बालबालिका तथा महिलाको समस्या समाधान र लागुऔषध एवं अपराध न्यूनीकरणका लागि समिति गठन गरेको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकामा आयोजित बैठकमा समिति गठन गर्ने निर्णय गरिएको हो । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी निरीक्षक राजेश सिलवालको संयोजकत्वमा तथा महिला र बाल बालिकाको विषयमा महिला विकास अधिकृत महेश्वरी विष्टको संयोजकत्वमा समिति गठन गरिएको छ । यसैगरी लागुऔषध तथा अपराध नियन्त्रणका लागि दीपु जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । 

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले तीनवटै समितिले जनतामा प्रत्यक्ष प्रभाव पार्ने काम गर्नुपर्ने बताउनुभयो । सवारी चापको तुलनामा सडकको क्षमता नबढेकाले उहाँले ट्राफिक व्यवस्थापन ठूला शहरमा चुनौती बनेको हुँदा समाधानमा लाग्न सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । ‘‘एक–एक गर्दै समस्या सम्बोधन हुन्छ, धेरै एकैपटक गर्छु भन्दा एउटैमा पनि सफल हुन सकिदैंन, सडक र सवारी जामलगायत समस्या समाधानका लागि सरोकार भएका निकायसँग सहकार्य गरिनेछ, गठन भएका तीनै समितिलाई महानगरपालिकाले सक्दो सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । 

उपप्रमुख गीता सत्यालले महानगर महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्याप्रति संवेदनशील रहेको बताउनुभयो । सार्वजनिक यातायातमा महिला र ज्येष्ठ नागरिकले भोगेका समस्या समाधान गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा काम गर्ने उहाँको भनाइ थियो । बैठकका सहभागीले लागुऔषधको बिक्री वितरण र ओसारपसार रोक्न वडास्तरमा नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । आपराधिक गतिविधि हुने स्थानमा सिसी क्यामेरा जडान गर्नुपर्ने सहभागीको सल्लाह थियो । 

बैठकमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गत कात्तिकदेखि आयोजना गरिएका कार्यक्रमको जानकारी गराइएको थियो । यसअन्तर्गत सार्वजनिक सुनुवाइ, अभिमुखीकरण, विद्यालयस्तरमा प्रशिक्षण र चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group