ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तानको युद्धले नेपाललाई पर्ने आर्थिक, राजनीतिक र सामाजिक असर के ? (भिडियोसहित)


एबीसी न्यूज
१४ फाल्गुन २०७५, मंगलबार   ११ : १५   बजे


काठमाडौँ,१४ फागुन ।  भारत र पाकिस्तानबीच विवादको लामो श्रृङ्खला रहेको छ । जम्मु कास्मिर विवादमा भारत पाकिस्तानबीच तीनपटक भीषण लडाईं भैसकेको छ । पछिल्लो समय यी दुइ मुलुकबीच फेरि विवाद बढेको छ ।

हालै भारतको पुलवामामा भएको आतंकवादी आक्रमणमा ४० भारतीय सुरक्षा फौजको मृत्यु भएपछि भारत र पाकिस्तानबीच युद्ध जस्तै अवस्था सिर्जना भएको छ ।

भारतीय अर्धसैनिक बल सीआरपीएफका जवानहरू चढेको गाडीको लस्करमाथि पाकिस्तानसमर्थित जैश–ए–मोहम्मद नामक समूहले आत्मघाती हमलामा गराएको भारतले आरोप लगाएको छ । भारतले सो घटनाका निम्ति पाकिस्तानलाई जिम्मेदार ठहर गर्दै सबैप्रकारको सैन्य कारावहीका लागि सेनालाई स्वतन्त्र छोडिदिएको छ ।


पाकिस्तानी सेनाले पत्रकार सम्मेलनमार्फत हमलामा पाकिस्तानलाई जवरजस्ती मुछेको भन्दै आफुमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पुलवामा हमलाले भारतको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको जिकिर गरेका छन् । पाकिस्तान भन्दा सयौं किलोमिटर भारतीय जमिनमा भएको आक्रमणमा पाकिस्तानको कुनै हात नरहेको बरु भारतले नै आफ्नो आन्तरिक सुरक्षा गर्न नसकेको जनरल गफुरले दाबी गरेका छन् ।

दुई आणविक हतियार शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानका सशस्त्र फौज युद्धको तयारी अवस्थामा देखिन्छन् । भारतले पाकिस्तानमाथि पुलवामा आक्रमण गराएको आरोप लगाएपछि दुई मुलुकबीच पहिल्यैदेखि बिग्रेको सम्बन्ध झन खराब बन्दै गएको हो । जम्मु कास्मिरमा यस्ता कयौं साना ठुला हिंसात्मक घटनाहरु भइरहन्छन् । एकले अर्कोलाई दोषारोपण गर्छन् तर स्वतन्त्र छानविन हुने गरेको छैन । छुट्टै मुलुकको रुपमा उदायसँगै यि दुई मुलुकबीच मनोवैज्ञानिक रुपमै द्वन्द्व देखिएको बताउंछन् त्रिभुवन विश्वविद्यालयको नेपाल र एशियाली अनुसन्धान केन्द्र सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की । एक अर्काको विरोधमा आफ्नो राष्ट्रियता मजबुद बनेको मान्दा बारम्बार हिंसात्मक घटनामा वृद्धिभएको बताउंछन् डाक्टर कार्की ।

कुनै समय एउटै देश रहेका भारत र पाकिस्तान सन् १९४७ मा अलगअलग मुलुक बनेका थिए । ७० वर्ष भन्दा अघिदेखि सीमा क्षेत्रमा उच्च सुरक्षा व्यवस्था कायम गरिएको छ । कास्मिरको विषयलाई लिएर त दुई मुलुकबीच तीन पटक युद्ध भैसकेको छ । भारतको राजधानी दिल्लीबाट इस्लामावाद जम्मा ७०० किलोमिटर टाढा भएपनि यी दुइ राष्ट्रबीच सिधा हवाइ उडान छैन । सन् १९४७ को अगस्टमा भारतको विभाजनपछि दुईवटा मुलुक बनेको हो भारत र पाकिस्तान । त्यतिखेर करिब १ करोड २० लाख मानिस शरणार्थी भएका थिए । धार्मिक दंगामा करिब ५ लाखदेखि १० लाखको बीचमा मानिसको मृत्यु भएको थियो ।

दशौं हजार महिला अपहरित भए । सन् १९९९ मा जब ती दुई मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन । भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । यस्ता घटनालाई यि दुवै मुलुकले आफ्नो निर्वाचनको लागि फन्डाको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । भारतमा लोकसभाको निर्वाचन नजिकिएकोले निर्वाचन अवधिसम्म यस्तै विवादको स्थिति कायम हुनसक्ने सिनास निर्देशक कार्की बताउंन् ।

भारत र पाकिस्तानले आ–आफ्नो पारमाणविक हतियार बनाएका छन् । एक अर्काले पारमाणविक हतियारको धम्की दिदैँ आफुहरु एकअर्काको प्रतिरोधमा तयार रहेको बारम्बार बताइरहेका छन् । यसरी पारमाणविक हतियार सम्पन्न मुलुक आपसमा युद्धका स्थितिमा रहिरहंदा नेपाल लगायतका दक्षिण एसियाली मुलुकलाई असर पर्ने देखिन्छ ।
लामो विवाद समाधान गरेर शान्ति र मेलमिलापको बाटोमा हिंड्नु भारत र पाकिस्तानका जनताको लागि अत्यावश्यक छ । पछिल्लो पुस्तासम्म बाँकी राख्नेगरी तुष पाल्नु विश्व भुराजनीतिको हिसाबले पनि राम्रो छैन । भारत र पाकिस्तानको विवाद र युद्धले नेपाललाई पनि आर्थिक, राजनीतिक र सामाजिक रुपमा प्रत्यक्ष असर पर्न सक्छ ।

https://www.youtube.com/watch?v=i8Vs3B0ljHg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

ट्रम्पोनोमिक्स २.० का तीन वटा शैली(भिडियो विश्लेषणसहित)

के हामी व्यापारीहरु नै विना सेटिंग र घुस व्यवसाय गर्न तयार छौं ? कुशकुमार जोशी(भिडियो वार्ता)

अब पनि एमाले र कांग्रेस सरकार लामो समय टिक्ला भन्न सकिने आधार छैन (भिडियोसहित)

दैनिक तीन हजार युवा विदेसिँदै छन्, सरकार के गर्दैछ ? (भिडियो– अप्रेशनविगन्युज)

को को ठेकेदार र व्यापारी संसदमा पुगे ? उनीहरुको कहाँ कहाँ कस्तो लगानी छ ? विशेष खुलासा (भिडियो)

निकै शक्तिशाली र धेरै पदको ओगटेको काँग्रेसले आइतवार दिउँसो १२ बजेपछि कसरी गुमायो सरकार (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group