राजविराज, १४ फागुन । सप्तरीमा एक बृद्ध दम्पत्तिलाई जिउँदै जलाएर हत्या गरिएको छ । हत्या गरिएका दम्पत्ति जलेर खरानी भएको अवस्थामा भेटिएको छ ।
जिल्लाको खड्क नगरपालिका ५ स्थित खर्चुहिया बजारमा रहेको घरभित्रै ७५ वर्षिय सबुरी साह र उनकी ६५ वर्षिया श्रीमती बेचनीदेवी साह जलेर खरानी भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोमबार राती साह दम्पत्ति आफ्नै घरमा सुतेको तथा मंगलबार बिहान अबेर सम्म नउठेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर हेर्दा दुबै जनाको शव आगोमा जलेर खरानी भएको अवस्थामा भेटिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिएका छन् । स्थानियका अनुसार मृतक दम्पति मिल संचालक थिए भने व्याजमा रकम लगानी समेत गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनीहरु सोही मिल रहेको घरमै सुत्ने गरेका थिए ।
यता घटनाबारे सुक्ष्म अनुसन्धानका लागि प्रहरीको तालिम प्राप्त कुकुरसमेतलाई प्रयोग गरिएको तथा घटनास्थलमा जलेर खरानी भएको बस्तुलाई फोरेन्सीव टेष्टका लागि पठाइएको जिल्लाका प्रहरी प्रमुख विष्टले बताए
प्रतिक्रिया दिनुहोस्