अछाम,१५ फागुन । आफ्नै श्रीमतिलाई जबरजस्ति करणी गरेको आरोपमा अछाममा एक जना पक्राउ परेका छन ।
जिल्लाको चौरपाटी गाँउपालिका वडा नं ५ निबासी चन्द्रकान्त (परिर्बतित नाम) बिरुद्ध उनकी श्रीमतिले आफुमाथि जबरजस्ति करणी गरेको भनि जाहेरी दिए पछि उनि पक्राउ परेका हुन । इच्छाविपरित, यौन सम्पर्क गर्ने गरेको भन्दै उनकी श्रीमतीले उजुरी हालेपछि उनलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी निरिक्षक कलेन्द्र शाहीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्