काठमाडौँ,१५ फागुन । बुधबार देशभर नै सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिउँ र देशका केही भूभागमा पानी परिरहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।
मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन । दिउँसो धेरै ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए पनि मध्य र पूर्वको मौसम बिहीबार दिउँसोपछि मात्रै खुल्दै जाने संभावना रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्