
काठमाडौं,१५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टीप्रतिको सरकारको धारणा माग गरेको छ ।
बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले विप्लब समूह राजनीतिक पार्टी हो वा आतंककारी समूह भन्ने सम्बन्धमा धारणा सार्वजनिक गर्न सरकार र सत्तारुढ दलसँग माग गर्नुभएको हो ।
विप्लवका गतिविधिलाई सतही रुपमा आखा चिम्लिएर हेर्ने हो भने, नेपाल ठूलो राजनीतिक द्वन्द्वमा फस्ने भन्दै उहा“ले तत्काल धारणा स्पष्ट पार्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयसहित मुलुकका २१ स्थानमा एकै समय पारेर बम विस्फोट गराइएको घटनालाई इंकित गर्दै उहाँले यसलाई सामान्य नलिन ध्यानाकर्षण गराउनुभयो ।
सत्तारुढ दल नेकपाका नेता जनाद्र्धन शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन र संक्रमणकालीन न्यायको सम्पादन राम्रो नभए यो देशमा अर्को माओवादी जन्मिन सक्छ भनेर उद्घोष गरेको भोलिपल्ट यस्तो घटना घट्नुमा केही आशंका रहेको बताउनुभयो । सरकार र सत्तारुढ दलले घटनालाई सतही रुपमा लिने काम भए त्यसले नेपाली राजनीतिलाई अत्यन्तै दुखद अवस्थामा रुपान्तरण गर्ने चेतावनी उहाँले दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्