
विराटनगर, १५ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जीवनको हरेक पक्षलाई उर्जागर गर्न नाटकको विशेष महत्व रहेको बताउनुभएको छ ।
सुशीला कोइराला नाटक घर, आरोहण गुरुकुल, विराटनगरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले महोत्सवले कलाकार, रङ्गकर्मीको अनुभव र भावना साटासाट गर्न मद्दत पुग्ने बताउनुभयो ।
उहाँले राजनीतिक र सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान दिन सफल नाटक विधामा अहिले पनि नागरिकको निकै रुचि रहने गरेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले नाटक नेपाली इतिहासमा पुरानो विधा भए पनि यसलाई अब नयाँ शैलीबाट सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद खेम नेपाली र प्राज्ञ दधिराज सुवेदीले नाटकले भाषा, कला र साहित्यको प्रचारप्रसार एवं विकासमा मद्दत पु¥याएको छ भन्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सकारात्मक दिशातर्फ लैजान नाटकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । यही फागुन २४ गतेसम्म चल्ने नाटकमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, अफगानिस्तान र इटालीका कलाकार सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्