
बुटवल १६ फागुन ।
बुटवलमा बिहिबार बिहानै देखि परेको असिना र पानीले जनजीवन प्रभावित बनाएको छ । बिहान ७ बजे देखि परेको असिना सहितको पानी करिव आधा घण्टा सम्म लगातार परेको थियो ।
असिनाका कारण बुटवलका सडक तथा खाली जग्गा सेताम्मे भएका छन् । पसाउन लागेको गहुं, हिंउदे तरकारी तथा दलहन बालीलाई असिनाले नष्ट गरेको छ । धेरै वर्ष पछि बुटवलमा बाक्लो असिना परेको स्थानीयले बताएकाछन् । बुटवल उपमहानगर संगै यस आसपासका क्षेत्रहरुमा पनि भारी असिना सहित पानी परेको छ ।





प्रतिक्रिया दिनुहोस्