ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्छ : नेता गजुरेल


admin
१६ फाल्गुन २०७५, बिहिबार   ४ : २५   बजे

बर्दिवास, १६ फागुन  ।   मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताउनुभएको छ । 

मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली महोत्तरीको बर्दिवास आइपुग्दा यहाँ आयोजित खुलासभालाई सम्बोधन गर्दै नेता गजुरेलले यसको अभिभारा संसद्वादी दलहरुले नभई क्रान्तिकारी जनताले मात्र गर्नसक्ने जिकिर गर्नुभयो । 

“जताततै मुलुकका सीमा मिचिएका छन्, सीमाक्षेत्रमा छिमेकी मुलुकले ठूलठूला ड्याम बनाएर सडक बनाउँदैछ,” गजुरेलले भन्नुभयो, “दुई तिहाइ बहुमतको सरकार र संसद्को प्रमुख प्रतिपक्षी दल ‘तैँ चुप मैँ चुप’ देखिन्छन्, तसर्थ अब मुलुकको स्वाधीनताको रक्षाका लागि जनता आफैँ उठ्नुपर्ने अवस्था आएको हो ।” 

अध्यक्ष गजुरेलले फागुन ७ गते पूर्वको झापा, पश्चिमको कञ्चनपुर, गण्डकी प्रदेशको पोखरा र केन्द्रीय राजधानी काठमाडौँबाट एकसाथ शुरु गरिएको मेची–महाकाली राष्ट्रिय जागरण अभियान यही फागुन २१ गते चितवनमा समापन गरिएसँगै नयाँ आन्दोलनको तयारी गरिने बताउनुभयो ।

सभामा मोर्चाका केन्द्रीय नेता हरिभक्त कँडेल र कृष्णदेव सिंह दनुवारले जनताको जनगणतन्त्रले मात्र राष्ट्रिय स्वाधीनता, जनजीविका र जनताको सुरक्षाको प्रत्याभूति दिनसक्ने जिकिर गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ३ हजार २५३ जनाको उद्धार, १५ हेलिकप्टर परिचालन (अपडेट)

रसुवा बाढीको असर : उपत्यकाका मुख्य नाका बन्द, मालवाहक ट्रक काठमाडौंमै थन्किए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu