ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालले रगत खपतबारे सरकारलाई रिपोर्टिङ गर्दैनन्


admin
२२ फाल्गुन २०७५, बुधबार   २ : ५२   बजे

काठमाडौ,२२ फागुन ।  सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्नेलगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन । 

अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी (रिपोर्टिङ) गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म कुनै अस्पतालले सोसम्बन्धी रिपोर्टिङ गर्दैनन् । तीमध्ये रगतका कति प्रकारका तत्व प्रयोगमा आउँछन् र रगतको तत्व बिरामीका शरीरमा नमिलेका कारण कतिको अकालमा मृत्यु भयो भन्ने कुनै जानकारी छैन । 

सबैभन्दा बढी चिकित्सा विज्ञान अध्यन प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा रगतको खपत हुने बताइन्छ । विशेष गरी मिर्गाैला प्रत्यारोपण, क्यान्सर, गर्भवती महिला, दुर्घटनालगायतमा रगतको माग धेरै हुने गर्दछ ।

सरकारी तथा निजी क्षेत्रका ठूला अस्पतालमा आफ्नै रक्त सञ्चार सेवा सञ्चालन रहेका छन् । अर्काेतर्फ रगतको ‘एन्टिबडी टेष्ट’ नेपालमा शुरुआत हुन सकेको छैन । 

यसैबीच केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले रगत सुपरीवेक्षण प्रतिवेदन (हेमोभिलिजेन्स )२०१८ सार्वजनिक गरेको छ । सुरक्षित रगत सङ्कलन, भण्डारण, परीक्षण, रगततत्वको निर्माणलगायतदेखि बिरामीले प्राप्त गर्ने अवस्थालाई ‘हेमोभिलिजेन्स’ भन्ने गरिन्छ । 

दुई सरकारी अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग, शहीद गङ्गालाल हृदयरोग तथा दुई निजी क्षेत्रका ओम र नेशनल क्यान्सर अस्पताललाई सो प्रतिवेदनका लागि छनोट गरिएको थियो तर शहीद गङ्गालाल हृदयरोग र ओम अस्पताले प्रतिवेदनका लागि तथ्याङ्क उपलब्ध नगराएको प्रयोगशालाले जनाएको छ । 

प्रयोगशालाका निर्देशक प्रा डा हरिशचन्द्र उप्रेतीले प्रतिवेदन सार्वजनिक गर्दै रगत जीवन बचाउने औषधि भएकाले यसको सुरक्षामा ध्यान दिन आग्रह गर्दै रगतलाई कसरी सुरक्षित गराउने भन्ने विषयमा प्रयोगशालाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मापदण्ड बनाएको बताउनुभयो । 

रक्त सञ्चार सेवालाई अझ गुणस्तर बनाउने ध्येयले अध्ययन प्रतिवेदन कार्य शुरुआत भएको जानकारी दिँदै उहाँले अगामी दिनमा सरकारी तथा निजी क्षेत्रका अस्पतालमा रहेका रक्त सेवा हेमोभिजिलेन्स कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभयो ।

प्रयोगशालाका विज्ञ डा रेखा मानन्धरले प्रतिवेदनमा रिपोर्टिङ भएका दुई अस्पतालबाट एक हजार १२ रगतका नमूना आएको जानकारी दिनुभयो । प्रयोगशालाका पूर्वनिर्देशक डा गीता शाक्यले सबै अस्पताल हेमोभिजिलेन्स कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group